काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत र उत्तरी चीनका राजदूतसँग भेटवार्ता गर्दैछन् ।
यसअघि सामुहिक मात्रै भेटवार्ता गर्ने भन्दै अलग अलग छलफल अस्विकार गर्दै आएका प्रधानमन्त्री शाहले भोली सोमवार भने दुई छिमेकी मुलुकका राजदुतसँग छुट्टाछुट्टै भेटवार्ता गर्न लागेका हुन ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान ११ः०० बजे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेट गर्ने कार्यक्रम तय भएको छ भने सोमवार दिउँसो नै ३ः०० बजे नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
गत मार्च २७ मा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका शाहले पदभार ग्रहण गरेको चार महिनापछि यी दुई देशका राजदूतहरूसँग भेट गर्न लागेका हुन्।
यसअघि, अप्रिल ८ मा प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।


















प्रतिक्रिया