२३ श्रावण २०८३, शनिबार | August 8, 2026

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका राष्ट्रिय उद्योग र संस्थानहरूमा सुधारका संकेत देखिन थालेको बताएका छन्। उनले नियत सफा, जिम्मेवारीप्रति इमान्दारिता र निरन्तरको टिमवर्कमार्फत चुनौतीपूर्ण अवस्थामा रहेका उद्योगलाई पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिने बताएका हुन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहले सरकारले राष्ट्रिय उद्योग तथा संस्थानलाई पुनः सञ्चालनमा ल्याउने, उत्पादन बढाउने र प्रतिस्पर्धी बनाउने विषयलाई प्राथमिकतामा राखेको दाबी गरेका छन्। यसअघि उनले गएराति आफु एक्लै परेको गुनासो सहितको स्टाटस राखेका थिए ।

उनका अनुसार लामो समयदेखि घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो चार महिनामा २ करोड ३८ लाख रुपैयाँ बराबरको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ ९जीएमपी० मापदण्ड प्राप्त गरेपछि औषधि बिक्री बढेको र गत आर्थिक वर्षमा कम्पनीले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको शाहले उल्लेख गरेका छन्। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँ बराबरको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ।

सरकारले आगामी तीन वर्षमा नेपाल औषधि लिमिटेडबाट ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य राखेको पनि प्रधानमन्त्री शाहले बताएका छन्। चालु आर्थिक वर्षमा ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य रहेकामा २५ प्रकारका औषधिको उत्पादन तयारी अन्तिम चरणमा पुगेको र हाल ११ प्रकारका औषधि उत्पादन भइरहेको उनको भनाइ छ।

त्यसैगरी, लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको प्रधानमन्त्री शाहले बताएका छन्। उद्योगका तान ९लुम० मर्मतपछि परीक्षण उत्पादन सुरु भएको र केही मात्रामा कपडा उत्पादनसमेत हुन थालेको उनले उल्लेख गरेका छन्। परीक्षणपछि उद्योग नेपाल सरकारले सञ्चालन गर्ने तयारी छ।

नेपाल वायुसेवा निगमको आम्दानीमा समेत सुधार आएको प्रधानमन्त्रीको दाबी छ। उनका अनुसार गत आर्थिक वर्षको चैतदेखि असारसम्म निगमले ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँ बढी हो।

उक्त अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगिता ९अकुपेन्सी० ८६ प्रतिशत पुगेको र अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशतले वृद्धि भएको प्रधानमन्त्री शाहले बताएका छन्। जहाज खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिइएको ऋणको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता पनि यही अवधिमा भुक्तानी गरिएको उनले उल्लेख गरेका छन्।

दुग्ध विकास संस्थान ९डीडीसी० मा पनि सुधारका प्रयास भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र आठ महिनाबाट घटाएर दुईदेखि तीन महिनामा झारिएको उनको दाबी छ। किसानलाई दूधमा प्रतिलिटर एक रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ।

प्रधानमन्त्रीका अनुसार सुधारका प्रयास सुरु भएपछि डीडीसीको दैनिक बिक्री ३५ प्रतिशतले बढेको छ भने औसत दैनिक राजस्व ६० लाख रुपैयाँबाट बढेर ९० लाख रुपैयाँ पुगेको छ। कानुनविपरीत विगतदेखि कर्मचारीलाई दिइँदै आएको घ्यू तथा दूधको सुविधा कटौती गर्दा वार्षिक करिब ३ करोड रुपैयाँ बचत भएको उनले बताएका छन्।

डीडीसीले चाँडै खाडी मुलुकमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी गरिरहेको तथा नगरकोट केन्द्रबाट पुनः चिज उत्पादन सुरु गर्न लागिएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

त्यस्तै, सिंहदरबार वैद्यखाना विकास समितिको उत्पादन र कारोबारमा पनि वृद्धि भएको प्रधानमन्त्रीको दाबी छ। सरकार गठन भएयता वैद्यखानाबाट ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन तथा बजारीकरण गरिएको र गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको उनले बताएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा चार गुणा बढी भएको उनको भनाइ छ।

हाल वैद्यखानाले १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन गरिरहेको र निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा आत्मनिर्भर बन्ने दिशामा अघि बढिरहेको प्रधानमन्त्री शाहले बताएका छन्। चालु आर्थिक वर्षमा १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य राखिएको छ।

चालु आर्थिक वर्षमै पाउडर र ट्याब्लेट औषधि उत्पादनमा जीएमपी मापदण्ड हासिल गर्ने तथा जडीबुटी र औषधिजन्य कच्चा पदार्थको प्रशोधन केन्द्र स्थापना गर्ने लक्ष्यसमेत राखिएको उनले जानकारी दिएका छन्।

प्रधानमन्त्री शाहले इमान्दारिता र देशप्रतिको समर्पण कायम रहे रुग्ण अवस्थामा रहेका अन्य राष्ट्रिय उद्योगलाई पनि पुनर्जीवन दिन सकिने विश्वास व्यक्त गरेका छन्।

‘माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बनाउने’ अभियानमा सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले यस यात्रामा नागरिकको रचनात्मक साथ, सहयोग र विश्वासको अपेक्षा गरेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८३, शनिबार  ८ : ४२ बजे

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर

प्रधानमन्त्रीको एकपछि अर्को स्टाटस : नियत सफा र जिम्मेवारीप्रति इमान्दार भए सुधार सम्भव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वर्षौंदेखि बन्द तथा घाटामा रहेका

अतुल्य पर्वत, पवित्र सरोवर र आस्थाको संगम : कैलाश-मानसरोवरको दिव्य यात्रा

हिमाललाई केवल ढुंगा र हिउँको थुप्रो मात्र बुझियो भने त्यो

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

काठमाडौं । वर्षा, पहिरो, भास र कटानका कारण देशका विभिन्न

सिँढीबाट लडेर युवकको मृत्यु

महेन्द्रनगर । भीमदत्त नगरपालिका-६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर