२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

देउवाको अपिल : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ’



काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब साढे पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएसँगै पार्टी एकता, राष्ट्रिय एकता र लोकतन्त्रको सुदृढीकरणमा जोड दिएका छन्।

स्वदेश फर्किएपछि अपिल जारी गर्दै देउवाले आफू कुनै पद वा शक्ति प्राप्त गर्ने उद्देश्यले नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुकको लोकतान्त्रिक व्यवस्थालाई थप मजबुत बनाउन सक्रिय हुन फर्किएको स्पष्ट पारेका छन्।

‘म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ,’ देउवाले अपिलमा भनेका छन्।

उनले नेपाली कांग्रेसभित्र देखिएका असहमति, निराशा र विवाद तत्काल समाधान गरी पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। कांग्रेसले आफूभित्रको एकता कायम गर्दै मुलुकका अन्य राजनीतिक दलसँग पनि सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने उनको भनाइ छ।

देउवाले मुलुकको प्रमुख लोकतान्त्रिक दलभित्र विवाद बढ्दा त्यसको असर राष्ट्रिय राजनीतिसँगै राष्ट्रियतामा समेत पर्न सक्ने बताएका छन्। कांग्रेस जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर सामूहिकतामा विश्वास गर्ने पार्टी भएकाले सबै नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदातालाई त्याग, बलिदान र संघर्षको भावनासहित अघि बढ्न उनले अपिल गरेका छन्।

वर्तमान सरकार जनअपेक्षा पूरा गर्न असफल भएको आरोप लगाउँदै देउवाले ताजा जनमतबाट बनेको सरकारले जनताको भावनालाई सम्मान गर्नुपर्ने बताए। राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा जनताको हित र लोकतान्त्रिक मूल्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

युवा पुस्तामा देखिएको परिवर्तनको तीव्र चाहना र उनीहरूको असन्तुष्टिलाई कांग्रेसले गम्भीर रूपमा बुझ्नुपर्ने उल्लेख गर्दै देउवाले बदलिँदो समयअनुसार पार्टीलाई पनि रूपान्तरण गर्दै लैजानुपर्ने बताएका छन्। नयाँ पुस्ताको सिर्जनशीलता र क्षमतालाई सम्मान गर्दै पुरानो पुस्ताको योगदान, त्याग र बलिदानलाई समेत बिर्सन नहुने उनले बताएका छन्।

देउवाले नयाँ र पुरानो पुस्ताबीचको सहकार्यबाट मात्रै कांग्रेसलाई थप सुदृढ बनाउन सकिने धारणा राखेका छन्।

वि।सं। २०३३ मा बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएको ऐतिहासिक प्रसङ्ग स्मरण गर्दै देउवाले वर्तमान अवस्थामा पनि मुलुकलाई सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।

उनले संविधानको संरक्षणसँगै आवश्यक संशोधन पनि राष्ट्रिय सहमतिका आधारमा हुनुपर्ने धारणा दोहोर्‍याएका छन्। लोकतन्त्र, संविधान, नागरिक अधिकार र विधिको शासनका पक्षमा कांग्रेसले कुनै सम्झौता नगर्ने उनको प्रतिबद्धता छ।

कांग्रेसका कार्यकर्तामा देखिएको निराशा हटाउँदै उनीहरूको मनोबल उच्च बनाउन आफू सक्रिय हुने उल्लेख गर्दै देउवाले पार्टीको ऐतिहासिक दायित्व अझै पूरा नभएको बताएका छन्।

आफूलाई व्यक्तिगत लाभ वा कुनै पदको चाहना नरहेको स्पष्ट पार्दै देउवाले जीवनको बाँकी समय राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सेवामा समर्पित गर्ने बताएका छन्।

‘म नेता बनेर होइन, यस महान् राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको छु,’ देउवाले भनेका छन्। उनले राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र विधिको शासनप्रतिको आफ्नो अटुट प्रतिबद्धता दोहोर्‍याउँदै विनम्रता र आत्मीयताका साथ देश र जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  ३ : १९ बजे

चुनदेवीबाट गर्जिए देउवा – कुनै पनि षड्यन्त्रबाट विचलित हुन्न

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ बेपत्ता

रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर मृत्यु

आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश बनाउने गरी

सरकारको जवाफ – ‘सातामा दुई दिन सार्वजनिक बिदा हट्दैन’

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने हालको

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज