२९ चैत्र २०८२, आइतबार | April 12, 2026

हेलचेक्रयाइँ गरे पुन: लकडाउन



काठमाडौं । सरकारले विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) बाट बच्न अपनाउनुपर्ने सावधानी नअपनाई सर्वसाधारणले हेलचेक्रयाइँ गरे पुनः लकडाउन गर्ने तयारी गरेको छ ।

नागरिकले सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाउने र स्वास्थ्य मापदण्ड पालना नगरे कोरोना रोकथाम तथा नियन्त्रणका लागि पुनः लकडाउन गर्ने तयारी गरिएको हो ।

सरकारले आफ्नो प्राथमिकता लकडाउन गर्ने नभए पनि सर्वसाधारणबाट हेलचेक्रयाइँ गरिएमा र संवेदनशील नभएमा लकडाउन गर्न बाध्य हुने जनाएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारको बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा आइतबार प्रवक्ता ज्ञवालीले नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गरे । काठमाडौं उपत्यकामा फैलिएको संक्रण रोकथामका लागि सीसीएमसी बैठकमा छलफलसमेत सुरु भएको छ । ‘अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकता होइन तर नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुन्छ,’ उनले भने ।

सरकारका प्रवक्ता ज्ञवालीले चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने भन्दै बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने जनाए ।

सरकारले नागरिकलाई कोरोना संक्रमण जटिल अवस्थामा आउन नदिन सचेतना अपनाउन, स्वास्थ्य मापदण्ड पालना गर्न र संवेदनशील बन्न आग्रहसमेत गरेको छ ।

सरकारले पुनः देशव्यापाी लकडाउन गर्नेभन्दा पनि पछिल्ला दिनमा तीव्र रूपमा संक्रमण फैलिरहेको काठमाडौं उपत्यका तथा संक्रमण तीव्र रूपमा फैलिरहेको क्षेत्रमा निषेज्ञाधा लगाउने तयारी गरेको स्रोत बताउँछ । काठमाडौं उपत्यकामा फैलिएको संक्रण रोकथामका लागि सीसीएमसी बैठकमा छलफलसमेत सुरु भएको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकमा काठमाडौं उपत्यकामा कोरोनाका कारण जटिलता र चुनौती थपिएको निष्कर्ष निकालिएको थियो । सरकारका प्रवक्ता ज्ञवालीले आइतबार कोरोना भाइरसको महामारीविरुद्धको लडाइँमा काठमाडौंपछि परेको समेत उल्लेख गरे ।

हरेक राजनीतिक सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाइँमा भने पछि परेको उनको भनाइ छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ६ : ३० बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्