२९ भदौ २०८३, सोमबार | September 15, 2026

आगामी ३ हप्ता अत्यन्तै कठिन हुने जनस्वास्थ्यविद्को चेतावनी, घर बाहिर ननिस्कन सुझाव



काठमाडौं । जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले कोरोना महामारी बढ्दै गएकाले आगामी ३ हप्ता अत्यन्तै कठिन हुने देखिएको बताएका छन्। डा. पाण्डेले आगामी ३ हप्ता घरभित्रै बस्न र अति सुरक्षा अपनाउन सबैलाई सुझाव दिएका छन्।

खाद्यान्न जस्ता अत्यावश्यक सामान पनि सकभर दैनिक नकिन्न र आगामी ३ हप्ता भेटघाट बन्द गर्न उनले अनुरोध गरेका छन्।

‘आगामी ३ हप्ता नेपालका लागि अत्यन्तै कठिन अवस्था छ, दुःख सहेरै भए पनि यो ३ हप्ता घरभित्र नै बसौं,’ उनले भनेका छन्, ‘जीवनको तुलनामा दुःख सानो हो।’

पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित छन् भन्ने सम्झेर निस्किनै परे डबल मास्क लगाएर र ६ फिटभन्दा धेरै दूरी कायम गरेर गरेर मात्र निस्किन डा पाण्डेले नागरिकलाई सुझाएका छन् । यस्तै उनले हात साबुनपानी र स्यानिटाइजरले सफा गरिरहन पनि सुझाव दिएका छन्।

उनले यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगर्न सबैलाई चेतावनी समेत दिएका छन्।‘ यो ३ हप्ता दुःख सह्यौं भने संक्रमणको दर घट्दै जानेछ,’ डा. पाण्डे लेख्छन्, ‘रोकथामभन्दा उपचार निकै कठिन र जोखिमपूर्ण छ।’

उनले भनेका छन्, ‘सरकारले कडाइ गरेको हाम्रै लागि हो। हामी सबैजना कडा सेल्फ लकडाउनमा बसौं।’

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : ३६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ