५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

बर्दियामा सोमबारबाट एकसाताका लागि ‘लकडाउन’ को घोषणा



काठमाडौं । नेपालगन्ज उपमहानगर क्षेत्रबाट सुरु भएको ‘लकडाउन’को सृङ्खला सिङ्गो बाँके जिल्ला हुँदै बर्दिया पुगेको छ । नेपालगन्ज उपमहानगरमा दोस्रो हप्ता थप सहित बाँकेमा एक साताका लागि ‘लकडाउन’ घोषणा भएसँगै बर्दियामा सोमबारदेखि लागू हुने गरी ‘लकडाउन’ घोषणा गरिएको छ । हरेक दिन कोरोना संक्रमणको दर बढेपछि अत्यावश्यक कामबाहेक घरबाहिर निस्किन नपाउने आदेश सहित जिल्लाका अधिकाँस स्थानमा ‘लकडाउन’को सुचना जारी गरिएको हो ।

स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दमकल, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, तरकारीबाहेकका व्यवसाय पनि बन्द गर्न प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा भनिएको छ । जिल्लमा अनुमति प्राप्त, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायबाहेकको सवारीसाधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

लकडाउनको आदेश गुलरिया नगरपालिका–५ र ६, बाँसगढी नगरपालिकाको बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लालीबजार र ओराली बजार क्षेत्रमा लागू हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए ।

प्रजिअ सुनारका अनुसार ठागुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजापुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा नगरपालिकाको शान्ति बजार र पशुपतिनगर बजार क्षेत्रमा पनि ‘लकडाउन’को निर्णय लागू हुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १० : ३४ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही