बुटवल । बुटवलमा चौथो रुपन्देही खुला फुटसल प्रतियोगिता २०८३ मा शुरु भएको छ । बुटवल उपमहानगरपालिकाको संरक्षण, रेडबुलको मुख्य प्रायोजन र फुलबारी गाइजको आयोजनामा शुरु भएको चौथौ संस्करणको फुलबारी गाइज फुटसल प्रतियोगिताको पहिलो दिन १२ खेलहरु सम्पन्न भएको छ ।
सुख्खानगरस्थित एड्रिक फुटसलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा सियोन एफसीले मुर्गिया एसीलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।
यसैगरि अर्को खेलमा फुलबारी एफसीले लाखे एफसी ५-२, आर्या एफसीले होराईजन जिबिएसलाई ४-१, मणिग्रामले बुद्ध एफसीलाई ५-२, राधाकृष्ण एफसीले फिजिकल फिटनेशलाई ४-१, लाफा समुहले चियाचाहलाई २-१, अल सेटले दमकडा ब्रर्दशलाई ५-०, हाई स्ट्रेन्थले मोहन एफसीलाई पेनाल्टी शुटआउटमा ३-२, खस्यौली एफसीले लियो फुटसल एरिनालाई ४-२, एन्फा बुटवलले कोब्रा गाईजलाई पेनाल्टी शुटआउटमा ३-१, फिटनेश हबले दाजुभाई ए लाई पेनाल्टी शुटआउटमा ५-४, एकेडेमी अफ बारटेन्डर एण्ड बारिष्टाले हटकप एफसीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । शनिबार पहिलो चरणका बाकी खेलसंगै दोस्रो चरणका खेलहरु हुने खेल संयोजक सरोज दर्लामीले बताए ।
प्रतियोगिताको एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै खेल पूर्वाधार र विकासमा पालिकाबाट राम्रो लगानी भैरहेको बताए । बुटवलमा खेल गतिविधिबाट खेलाडीहरु अवसर सृजना भएको भन्दै यसमा तीन तहकै सरकारबाट लगानी गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रबक्ता शिव राना, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, तिनाउ हस्पिटलका अध्यक्ष चिरन्जिवी जोशी साझा हस्पिटलका अध्यक्ष गोबिन्द खनाल, संरक्षक यम गलामी, वरिष्ठ सल्लाहकार हसन्त लामा, दिनेश थापाले सफलताको शुभकामना दिए ।
प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख २५ हजार रुपैया, उपविजेता टिमले नगद रु. ६० हजार रुपैयाबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रुपमा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, कप तथा उत्कृष्ट गोलकिपर र हाईस्कोररलाई नगद ५-५ हजार रुपैयाबाट पुरस्कृत गरिने संयोजक सरोज दर्लामीले बताए ।साउन ३१ गतेसम्म चल्ने प्रतियोगितामा ३२ टिमले भाग लिएका छन ।


















प्रतिक्रिया