१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

जाजरकोट पहिरो अपडेट : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता



काठमाडौं । अविरल वर्षासँगै जाजरकोटको भेरी नगरपालिका-२, रिसाङमा खसेको लेदोसहितको पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। पहिरोमा परी अझै दुईजना बेपत्ता छन्।

शनिबार साँझ करिब ५ः३० बजे खसेको पहिरोमा परी सातजना घाइते भएका छन्। घाइते हुनेमा रिसाङका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की छन्।

घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि नेपालगन्ज र सुर्खेततर्फ पठाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पहिरोमा परी भेरी नगरपालिका–२, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विक बेपत्ता भएका छन्। पहिरोपछि घरबाट बाहिर निस्किएका विक त्यसयता सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

पहिरोले सोही क्षेत्रका आठवटा घरमा क्षति पुर्‍याएको छ। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १० : ५० बजे

यामाहा स्कुटर खरिद गर्दा तिलोत्तमाकी सरस्वती खनाल रायमाझीलाई १० लाख पुरस्कार

बुटवल । यामाहा नेपालको यस क्षेत्रको आधिकारिक विक्रेता बुटवल बाइकर्स

बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १९ को नवनिर्मित वडा

‘कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुको पनि लेनदेन भएको छैन’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब

१३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजारमा गिरावट