१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

भारतका प्रधानसेनापति सेठ अपराह्न काठमाडौँ आउँदै



काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतका प्रधानसेनापति धीरज सेठ नेपालको चारदिने भ्रमणमा आज अपराह्न यहाँ आउँदै छन् ।

राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले भोलि राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा प्रधानसेनापति सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले जानकारी दिए । भोलि नै प्रधानसेनापतिद्वयबीच जङ्गी अड्डामा द्विपक्षीय वार्ता हुने कार्यक्रम छ ।

नेपाल र भारतबीचको सैन्य सम्बन्ध लामो समयदेखि कायम रहेको घनिष्ठ र ऐतिहासिक सम्बन्धमध्ये एक हो। दुवै देशका सेनाबीच उच्चस्तरीय भ्रमण, संयुक्त सैन्य अभ्यास, तालिम तथा अनुभव आदानप्रदान हुँदै आएको छ। विशेषतः दुवै देशका सेनाप्रमुखलाई एकअर्काको सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्पराले दुई देशका सेनाबीचको विशेष सम्बन्धलाई प्रतिबिम्बित गरेको छ ।

नेपालका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी र भारतीय स्थल सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी प्रदान गर्ने परम्परा सन् १९५० देखि सुरु भएको हो । यसलाई नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध र पारस्परिक सम्मानको महत्वपूर्ण प्रतीकका रूपमा लिइन्छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  १२ : ५३ बजे

यामाहा स्कुटर खरिद गर्दा तिलोत्तमाकी सरस्वती खनाल रायमाझीलाई १० लाख पुरस्कार

बुटवल । यामाहा नेपालको यस क्षेत्रको आधिकारिक विक्रेता बुटवल बाइकर्स

बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १९ को नवनिर्मित वडा

‘कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुको पनि लेनदेन भएको छैन’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी राजनीतिक

उपराष्ट्रपति यादवसँग बेलायती राजदूतको शिष्टाचार भेट

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रब

१३ अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजारमा गिरावट