२३ आश्विन २०८३, शुक्रबार | October 9, 2026

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध



धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज बिहान करिब ५ः४५ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि पृथ्वीराजमार्गको दुवैतर्फको सवारी आवागमन पूर्ण रूपमा रोकिएको हो ।

पहिरोका कारण सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी सहायक निरीक्षक रामशरण बस्नेतको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थलमा खटिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार प्रहरी टोलीले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम गरिरहेको छ । पहिरो हटाउने कार्य जारी रहेकाले उक्त सडकखण्ड हुँदै यात्रा गर्ने सवारी चालक तथा यात्रुलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : १ भदौ २०८३, सोमबार  ७ : ४७ बजे

राष्ट्रपतिबाट विपद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन

यात्रुवाहक बसको ठक्करबाट प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ । लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

नेपालगन्ज । जिल्लामा डेङ्गको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

सशस्त्रका एआइजी दाहाललाई सेवाबाट हटाइयो

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई सेवाबाट