२९ चैत्र २०८२, आइतबार | April 12, 2026

‘मोवाइल फोन स्क्रिन र बैंक नोट, जहाँ २८ दिनसम्म कोरोना भाइरस बाँच्छ’



जीवनकै अभिन्न अंग बनेको छ आम मानिसका लागि मोवाइल फोन । सर्वसाधारणदेखि सम्भ्रान्त घरानियाहरुका लागि मोवाईल फोन अनिवार्य जीवनसाथी बनेको छ । किसिम किसिमका फोन बोकेर ताजुब देखाउँदै सडकमा हिँड्दा कतिपय मानिस इज्यत बढेजस्तो गर्छन् ।

तर यही मोवाइल फोनको स्क्रिनमा प्रयोग हुने सिसामा कोरोना भाइरस कति दिन वाँच्च होला, के तपाईंलाई थाहा छ ?

विश्वव्यापी महामारी फैलाएको कोरोना भाइरस कति घण्टा या दिनसम्म बाँच्न सक्छ होला ? दुई चार घण्टा या दुईचार दिन ? होइन ? यत्तिमात्रै होला भनेर बुझियो भने गलत हुने भएको छ ।

हालसालै अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्, कोरोना भाइरस मोवाइल फोनको स्क्रिन, नोट र स्टिल जस्ता नरम वस्तुमा २८ दिनसम्म बाँच्न सक्छ ।  हो २८ दिन, अर्थात एक महिना !

त्यसो त, दशैं पनि नजिकै आउँदैछ । नयाँ नोटको खोजीमा त पक्कै हुन्छौं हामी । कोरोना भाइरसको महामारीका कारण नोट वितरण त हुनेछैन यसपटक । तर, के तपाईंलाई थाहा छ, नोटमा यही महामारी फैलाउने कोरोना भाइरस कति घण्टा या दिनसम्म बाँच्न सक्छ ? दुई चार घण्टा या दुईचार दिन ? होइन ? हालसालै अनुसन्धानकर्ताहरुले दाबी गरेका छन्, कोरोना भाइरस नोटमा २८ दिनसम्म बाँच्न सक्छ । हो २८ दिन, अर्थात एक महिना चार हप्ता ।

निकै तनाबपूर्ण खबर हो यो सबैका लागि । किनकी न त नोट बिना जीवन चल्नसक्छ, न त मोवाइल फोन विना चल्नसक्छ ।

अस्ट्रेलियाली अनुसन्धानकर्ताहरुले नोट, सिसा र स्टिलमा कोरोनाको आयुबारे हालसालै गरेको अध्ययनलाई सार्वजनिक गर्दै आम मानिसलाई सरसफाइ र हात धुने कुरामा विषेश ध्यान दिनुपर्ने बताएका छन् ।

अष्ट्रेलियाको प्रसिद्ध जैविक सुरक्षा प्रयोगशालामा गरिएको अनुसन्धान अनुसार नोवल कोरोना भाइरस बैंक नोट्स, सिसा एवं अन्य सामान्य सहतमा हप्तौसम्म संक्रामक अवस्थामा रहन सक्छ । अर्थात कागजी मुद्रा, टच स्क्रिन डिभाइ एवं टच ह्याण्डल आदिमा कोरोना धेरै दिनसम्म संक्रमक अवस्थामा जीवित रहनसक्छ ।

अष्ट्रेलियन सेन्टर फर डिजिज प्रिपेयरनेसका वैज्ञानिकहरुले सार्स-कोभ-२ भाइसलाई निकै शक्तिशाली देखाएका छन् । अर्थात कोरोना भाइरस २८ दिनसम्म नरम सतहमा रहन सक्छ, जस्तो कि मोवाइल फोनको स्क्रिनमा राखिने सिसा या कोठाको तापक्रममा रहेको प्लाष्टिक बैंक नोट्स । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ) का अनुसन्धाकर्ताहरुले २० डिग्री सेल्सियस (६८ डिग्री फरेहनहाइट) तापक्रममा सार्स–कोभ–२ भाइरस २८ दिनसम्म सक्रिय रहने बताएका बताएका छन् ।

भाइरोलोजी जर्नलमा प्रकाशित अध्ययन अनुसार प्लास्टिकका नोट, मोबाइलको स्क्रिनमा प्रयोग हुने सिसालगायतका नरम सतहमा कोरोना भाइरस चार हप्तासम्म जीवित रहन सक्छ, जबकी, यस्ता सतहमा ‘इन्फ्लुएन्जा ए’ भाइरस भने १७ दिनसम्म बाँच्ने वैज्ञानिकहरु बताउँछन् ।

सीएसआईआरओका प्रमुख कार्यकारी ल्यारी मार्सलका अनुसार कुनै पनि सतहमा कोरोना भाइरस कति समयसम्म बाँच्न सक्छ भनेर निकालिने अनुसन्धानले यसको विस्तार रोक्न मद्दत पुर्याउँछ जसले मानिसहरुलाई बचाउन सकिन्छ ।

‘भाइरस लामो समयसम्म नरम सतहमा रहन सक्छ । त्यसैले नियमित रुपले हात धुने र नरम सतहवाला वस्तुको ठीक ढंगले सफाई गर्न आवश्यक देखिन्छ ।’, सीएसआईआरओ उपनिर्देशक डेबी इगल्सले बताएका छन् ।

यसअघि ल्यान्सेट जर्नलमा प्रकाशित एक अध्ययनमा भने सार्स–कोभ–२ नोट र सिसामा २ देखि तीनदिनसम्म र प्लास्टिक र स्टिलमा ६ दिनसम्म बाँच्ने बताइएको थियो ।

सीएसआईआरओले अनुसन्धानको क्रममा कोरोना भाइरसका बिरामीको नमुना संकलन गरी कृत्रिम सिँगान र विभिन्न सतहमा भाइरस राखी अध्ययन गरेको थियो । प्रयोगशालामा २०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा राखेर परीक्षण गर्दा तापक्रम बढ्दै जाँदा भाइरसको आयु पनि घट्दै गएको पाइएको थियो । अनुसन्धानकर्ताहरुले निस्कर्ष निकाल्दै गर्मीको समयमा भन्दा जाडोको समयमा अझ बढी भाइरस फैलिन सक्ने चेतावनी पनि दिएका छन् ।

 

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  १ : १४ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्