४ भदौ २०८३, बिहिबार | August 20, 2026

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा



भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय सहज रूपमा बजारसम्म पुग्न थालेको छ । सडक सञ्जाल विस्तार भएसँगै गाउँमै व्यापारी पुगेर आलु खरिद गर्न थालेपछि किसानलाई उत्पादन बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हट्दै गएको हो ।

उत्पादन बिक्रीका लागि बजार खोज्दै जानुपर्ने र ढुवानीको समस्या व्यहोर्नुपर्ने बाध्यता हटेपछि किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

टेम्केमैयुङ गाउँपालिका-५ मझौलेका किसान रामबहादुर विष्टका अनुसार गाउँमै आलु प्रतिकिलो रु ४० देखि ५० सम्म बिक्री हुने गरेको छ । प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको स्थानीय आलुको बजारमा राम्रो माग रहेको उनले बताए । गाउँबाट खरिद गरिएको आलु सहरमा पुग्दा प्रतिकिलो रु ६५ देखि ८० सम्ममा बिक्री हुने गरेको छ ।

“गाउँमा उत्पादन भएको आलु पहिले बिक्री गर्न निकै समस्या हुन्थ्यो,” उनले भने, “उत्पादन गरेर पनि घरमै राख्नुपर्ने अवस्था थियो । सडकको सुविधा भएपछि व्यापारी गाउँमै आउन थालेका छन् । यसले उत्पादन बिक्री गर्न सहज भएको छ ।”

किसान धनराज राईका अनुसार केही वर्षअघिसम्म गाउँबाट आलु बजारसम्म पु¥याउन निकै कठिन थियो । सडक सुविधा नहुँदा भरिया तथा अन्य साधनको प्रयोग गर्दा ढुवानी खर्चसमेत बढी लाग्ने गरेको उनले बताए । अहिले गाउँसम्म सडक पुगेपछि व्यापारी घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् ।

“पहिले आलु उत्पादन गरेपछि कहाँ लगेर बेच्ने भन्ने चिन्ता हुन्थ्यो,” उनले भने, “बजारसम्म पु¥याउँदा ढुवानी खर्च धेरै लाग्थ्यो । अहिले गाउँमै व्यापारी आएर आलु खरिद गर्ने भएकाले किसानलाई निकै सहज भएको छ ।”

भोजपुरमा सडक सञ्जाल विस्तारसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपजको बजारीकरणमा समेत सुधार हुँदै गएको छ । आलु, मकै, तरकारी, फलफूललगायतका कृषि उपज बजारसम्म पु¥याउन सहज भएको किसानको भनाइ छ ।

जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा उत्पादन हुने आलु स्थानीय बजारसँगै धरान, इटहरीलगायतका सहरी क्षेत्रमा पुग्ने गरेको छ । प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन गरिएको आलुको स्वाद र गुणस्तर राम्रो भएकाले बजारमा माग बढेको उनीहरू बताउँछन् । भोजपुरमा करिब तीन हजार २७२ हेक्टर क्षेत्रफलमा आलु खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ ।

प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार  ७ : ४५ बजे

सात हजार कुखुराको ‘पोष्टमार्टम’ : १० रोग पहिचान

चितवन । चितवनमा रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक

घोराहीमा ट्याक्टर र अटो ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका-७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त

भोजपुरका गाउँमा फलेका आलु सहरका भान्सामा

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको आलु पछिल्लो समय

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-२ एल गाउँकी सिर्जना खत्री विष्टलाई