काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ ।
लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको उच्च स्रोतहरुले दाबी गरेका छन् । यसअघि लामिछाने यही भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म चीन भ्रमणमा जाने तयारी भइरहेको थियो।
स्रोतका अनुसार लामिछानेको नेतृत्वमा चीन भ्रमणमा जाने तयारी भएकोमा उनको भ्रमण स्थगित भएपछि अब सांसदहरुको टोली मात्र चीन जाने भएको छ ।
चीनका राष्ट्रपति सी चिनफिङसँग भेट नहुने र देशभित्रकै परिस्थिति पनि केही फेरिएको अवस्थामा लामिछानेले तत्कालका लागि भ्रमण स्थगिन गरेको स्रोतहरूले जनाएका छन्।

















प्रतिक्रिया