६ श्रावण २०८३, बुधबार | July 22, 2026

चीनको क्विन्डाओ शहरका ९० लाख बढीको एकैसाथ कोरोना परीक्षण



बेइजिङ । चीनको पूर्वी तटीय शहर क्विन्डाओमा छ जनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

केही महिनाभित्रै पूरै शहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलो पटक हो ।

चीनको उहानमा कोरोनाभाइरस पहिलो पटक देखिएको चीनले यसलाई नियन्त्रणमा ल्याइसकेको बताएको छ । विश्वका विभिन्न क्षेत्रमा सरकारहरुले लकडाउन गरे पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ ।

आइतबार क्विन्डाओमा छ जनामा कोरोना पुष्टि भएको थियो । यस शहरमा ९४ लाखको बसोबास छ । पाँच वटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् ।

तर ती अधिकारीले शहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् ।

चीनमा व्यापक र तिब्र परीक्षण गर्ने क्षमता छ । स्वास्थ्य आयोगले १ लाख ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी, नयाँ भर्ना भएका बिरामी र सुरक्षाकर्मीको परीक्षण गरिसकेको जनाएको छ ।

गत जुन महिनामा बेइजिङको ठूलो क्षेत्रमा व्यापक परीक्षण गरिएको थियो । खाद्य बजारमा केही व्यक्तिमा कोरोना देखिएसँगै करिब २ करोडभन्दा बढी जनसंख्या रहेको बेइजिङका हटस्पटमा परीक्षण गरिएको थियो ।

चीनले कोरोनाभाइरस नियन्त्रणका लागि कडा लकडाउन जारी गर्नुका साथै कोरोना परीक्षणलाई व्यापक बनाएको थियो । जसका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि दबाब उत्पन्न भएको थियो तर अहिले चीनले आर्थिक गतिविधिलाई पुनः पहिलेकै अवस्थामा पु–याउन लागिसकेको छ ।

गत साता राष्ट्रिय विदाका अवसरमा देशव्यापी रुपमा करोडौं नागरिक छुट्टी मनाउन अन्यत्र गएका थिए ।

चीनले पछिल्लो समय कोरोनाभाइरसको खोप निर्माणलाई पनि तिब्रता दिएको छ । चीनका धेरै कम्पनी खोप निर्माणको अन्तिम चरणमा पुगिसकेका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : ५७ बजे

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज

दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु

दाङ । गत चैत ५ गते बिहीबार बेलुका तुलसीपुर उपमहानगरपालिका-९

हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हस्तकला व्यवसायसम्बन्धी नीति निर्माण, हस्तकला

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र

अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु

गण्डकी । अन्नपूर्ण पदमार्गमा पुगेकामध्ये २५ जना पर्यटकको लेक लागेर