९ भदौ २०८३, मंगलबार | August 25, 2026

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द



जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८ उद्योग व्यापार बन्द भएका छन् ।

मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा भएका छन् ।

गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा पाँच हजार ६८ वटा नयाँ उद्योग दत्र्ता भएको छ । सो अवधिमा पर्सामा एक हजार १०१ , धनुषामा ७७७ , बारामा ६३९ , सर्लाहीमा ६३६ , सिरहामा ५५४ , रौतहटमा ५३३ , महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले बताए । गत आव २०८२/८३ मा सात हजार ५४० वटा उद्योगको नवीकरण भएको छ ।

सूचना अधिकारी महतोका अनुसार गत आव २०८२/८३ मा वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ वटा र साझेदारी फर्म १८ नयाँ दर्ता हुदाँ ११ हजार १४४ नवीकरण भएको छ ।

नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायतका शीर्षकबाट रु पाँच करोड २६ लाख ४९ हजार ५६२ राजस्व सङ्कलन भएको सूचना अधिकारी महतोले बताए । विश्वव्यापी रुपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभाव तथा स्थानीय तहमा पनि उद्योग दर्ता गराउने क्रम बढ्नुलगायतका कारणले उद्योगहरुको लगत कट्टा हुने सङ्ख्या बढेको सूचना अधिकारी महतोको भनाइ छ ।

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ९ : १८ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी