५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

बागमतीका मुख्यमन्त्री थापामगरले पाए विश्वासको मत



हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ सांसदले मतदान गरेका हुन् ।

१०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । आजको मतदानमा ५८ सांसद सहभागी भएकामा मुख्यमन्त्रीको प्रस्तावको पक्षमा ५७ मत परेको थियो । एक मत विपक्षमा परेको छ ।

मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (९) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत लिएका हुन् ।

मुख्यमन्त्रीको प्रस्तावको पक्षमा नेकपा एमालेका २४, नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ७ सांसदले मतदान गरेका थिए । एमाले, नेकपा र राप्रपाको एकपक्ष गठबन्धनमा बागमतीमा नयाँ सरकार गठन भएको हो ।

मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित भएका थिए । नेपाली कांग्रेसका ३६, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का ३ र हाम्रो नेपाली पार्टी (हानेपा)का २ गरी ४१ सांसदले बैठक बहिष्कार गरेका थिए । राप्रपाका बाँकी पाँच सदस्य बैठकमै उपस्थित भएनन् ।

 

प्रकाशित मिति : ९ भदौ २०८३, मंगलबार  ८ : ०६ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको