१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

दशैं सुरक्षा योजना : दिउँसै मापसे चेकिङ देखी एपबाटै चालकको निगरानी



काठमाडौं । ट्राफिक प्रहरीले नजिकिँदै गरेको दसैं तथा तिहारसहितका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना बनाएको छ ।

ट्राफिक प्रहरीले यात्रु, सवारी र सडकलाई सुरक्षित बनाउँदै गन्तव्यमा पु¥याउन तथा चाडबाडका समयमा हुने दुर्घटना न्यूनीकरण गर्न र यात्रुलाई ठगिनबाट समेत जोगाउन चाडपर्व विशेष सुरक्षा योजना ल्याएको हो ।

ट्राफिक प्रहरीले बनाएको सुरक्षा योजनामा लामो दुरीमा चल्ने सवारी साधनमा दुई जना चालक अनिवार्य भए नभएको हेर्नेदेखि सवारी साधनभित्रै भाडा दरको सूची अनिवार्य रूपमा राख्नुपर्ने भनिएको छ । यस्तै, लामो दुरीमा चल्ने सवारीलाई बसपार्कबाट बाहिरिनुअघि यान्त्रिक परीक्षण अनिवार्य गरिएको छ । त्यसका लागि सम्बन्धित पक्षसँग समन्वय गर्न व्यवस्था मिलाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना ल्याइएको बताए । उनले ट्राफिक व्यवस्थापन मात्र नभएर चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने, बाटोमै यात्रुलाई छाड्ने, कोरोना संक्रमणपछि लागू गरिएको स्वास्थ्य मापदण्ड पालना नगर्ने जस्ता विषयमा कडाइका साथ निगरानी गरिने जनाए ।

उनका अनुसार लामो दुरीमा चल्ने सवारी साधनमा दुई चालक भए नभएको विशेष प्रविधिबाट निगरानी गर्ने व्यवस्था मिलाइएको छ । त्यसका लागि ट्राफिक कम्युनिकेसन एप प्रयोग गरिनेछ । ‘लामो दुरीमा सवारी चलाउन दुई ड्राइभर राख्नै पर्छ, यस पटक त्यसको कडा निगरानी हुन्छ, नागढुंगामा राखिएको विशेष प्रविधिको यन्त्रबाट सोबारे निगरानी गर्ने व्यवस्था मिलाइएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशखाका प्रमुख ढकालले राजधानीसँग भने ।

यसैगरी, भाडाका सवारीको टिकट काटिने काउन्टर तथा सवारी साधनभित्र यात्रुले देख्ने गरी भाडा रकमको सूची राख्नुपर्नेछ । टिकट काट्ने सम्बन्धित कम्पनीका व्यक्तिहरूले परिचयपत्र तथा ड्रेस अनिवार्य लगाउनुपर्नेछ भने एक व्यक्तिलाई दिइएको सिटको टिकट फेरि अर्को व्यक्तिलाई झुक्याएर काट्न वा दिन पाइनेछैन ।

यसैगरी, भाडाका यात्रुवाहक सवारीमा देखिने गरी वा छतमा मालसामान राख्न पाइनेछैन । यस्तै तीव्र गतिमा तथा जिकज्याक गरेर सवारी चलाउन पनि पाइनेछैन । यस्तै, निजी तथा साना सवारी साधनहरूमा समेत यी नियम लागू हुनेछन् । ओभर स्पिडमा चलाउने, ओभरलोड गर्ने, छतमा यात्रु तथा मालसामान राख्न पाइनेछैन । सोबारे सीसीटीभीमार्फत निगरानी गरिनेछ ।

यी विषयमा सवारी चालकले ध्यान दिए नदिएको तथा नियमपूर्वक सवारी चलाए नचलाएको अनुगमन दैनिक रूपमा गरिनेछ । त्यसका लागि ट्राफिक प्रहरीहरू दैनिक आकस्मिक चेकिङमा समेत परिचालित हुनेछन् । बिहान, दिउँसो, साँझ र राति चार पटकसम्म विशेष चेकजाँच हुनेछ ।

यस्तै मापसे सेवन गरे नगरेको दिउँसो समेत चेकजाँच गरिनेछ । उपत्यकाभित्र र बाहिरिने नाकाहरूमा तथा आवश्यकताअनुसार अन्य स्थानहरूमा समेत छड्के चेकजाँच हुनेछन् ।

नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, जगाती, सातदोबाटो, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा यात्रु सहायता कक्ष राखिनेछ ।

यस्तै, लामा दुरीमा चल्ने सवारी साधनलाई लक्षित गरेर विशेष जाँचको व्यवस्था पनि गरिएको छ । बसपार्कसहितका बढी भीडभाड हुने स्थानहरूमा सादा पोसाकमा समेत ट्राफिक प्रहरी खटिनेछन् ।

हाल उपत्यकामा दैनिक १ सय ७२ स्थानमा ट्राफिक प्रहरीहरू सुरक्षाका लागि परिचालन गरिँदै आइएकामा सो संख्या समेत बढाइनेछ भने करिब १२ सय ट्राफिक प्रहरी परिचालित हुनेछन् । हाल भने ९ सय ट्राफिक प्रहरी उपत्यकाका सडकमा दैनिक खटिँदै आइरहेका छन् ।

यात्राको क्रममा कसैलाई कुनै समस्या परे १०३ मा फोन गर्न समेत ट्राफिक प्रहरीले सबै यात्रुहरूमा आग्रह गरेको छ ।

काठमाडौंमा ३७ सय प्रहरी खटाइँदै, कुकुरबाट समेत गस्ती

महानगरीय प्रहरी परिसर काठमाडौंले काठमाडौंमा चाडपर्व लक्षित सुरक्षाका लागि ३ हजार ७ सय ७ जना प्रहरीलाई खटाउने तयारी गरेको छ । काठमाडौंमा विशेष तालिमप्राप्त कुकरसमेत दसैं सुरक्षका लागि परिचालन गरिँदै छ ।

सादा पोसाक, रात्रीकालीन गस्ती, एम्बुस ड्युटी, एरिया सर्च, सवारी गस्ती, सेफ्टी पिन गस्ती, पैदल गस्ती, क्युआरटी गस्ती गरी नेपाल प्रहरी तर्फबाट काठमाडौंमा ३ हजार ७ सय ७ जना प्रहरी दसैं सुरक्षाका लागि खटिँदै छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले दसैं सुरक्षाका लागि ३ हजार ७ सय ७ जना प्रहरीलाई खटाउने तयारी भएको र बसपार्क क्षेत्रसहित बढी भीडभाड हुने क्षेत्रहरूमा परिचालनसमेत गरिएको जानकारी दिए ।

उनका अनुसार नागढुंगा, कलंकी, स्वयम्भू, माछापोखरी, नयाँ बसपार्क, चावहिल, गौशाला, कोटेश्वर, बल्खु, दक्षिणकाली, सुन्धारा, पुरानो बसपार्कलगायतका ठाउँमा रखिएका यात्रु सहायता कक्षहरूमा साद पोसाकमाा समेत गस्ती टोली खटाइएको छ ।

सादा पोसाकमा मात्रै ३८ टोली परिचालन गरिएको छ । यस्तै क्युआरटी टोली ९६ वटा मोटरसाइकलमा परिचालन गर्ने तयारी छ भने २४ मोबाइल गस्ती तथा ६० टोलीले पैदल गस्ती गर्नेछन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : २४ बजे

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार

गगन थापाको टिप्पणी- ‘बा र भगवान प्रश्नभन्दा माथि !’

काठमाडौँ ।  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई

बजेट मागिरहने तर पुँजीगत खर्च गर्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट