५ श्रावण २०८३, मंगलबार | July 21, 2026

बाँके प्रहरीको १४ बुंदे पर्व सुरक्षा योजना सार्वजानिक



नेपालगन्ज । बाँके प्रहरीले १४ बुंदे पर्व विषेश सुरक्षा योजना सार्वजनिक गरेको छ । प्रहरीले नेपालीहरुको ठुला चाडवाड दशै, तिहार तथा छ्ठ पर्वमा घट्न सक्ने चोरी, डकैती जस्ता अपराध लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको हो ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले नेपालगन्ज्मा पत्रकार सम्मेलन गर्दै १४ बुँदे पर्व विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन । उनले सार्वजनिक गरेका योजनाहरुमा पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड पोष्ट मार्फत सुरक्षा अवस्था निगरानी गरिने जस्ता योजनाहरु छन् ।

सुरक्षा योजना अन्तर्गत पिकेट ३३ स्थानमा, हाइवे चेकिङ ४ स्थानमा, एम्बुस चेकिङ ३० स्थानमा, डग स्न्यापिङ आवश्यकता अनुसार, विशेष टोली (सादा पोशाक) २५ जना, सरप्राइज चेकिङ १० स्थानमा, मोबाइल गस्ती १० वटा, पैदल गस्ती २० वटा, सिसिटिभी निगरानी १० जना, स्कटिङ २० जना आवश्यकता अनुसार, काउन्टर पार्ट्स सिमानाकाका १२ स्थानमा, क्विक रिस्पोन्स टिम १४ समुह, भिग्रस चेकिङ १४ स्थानमा र कमान्ड पोष्ट जिल्ला प्रहरी कार्यालयबाट मोनिटरिङ गर्ने गरी ६ सय ५० प्रहरी परिचालन गरिने गरी तयारी अघि बढाएको प्रहरी उपरीक्षक रानाले जानकारी दिए । ‘हाम्रो उद्देश्य पर्वको बेलामा कुनै पनि अपराध जन्य गतिविधि नहोस भन्ने हो । हामीले संभावित क्षेत्रको पहिचान गरी उच्च निगरानी राख्ने छौ ।’ उनले भने ।

चाडबाडको समयमा हुन सक्ने सम्भावित चोरी, डकैती, अपराध लगायतका घटना तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि बाँके प्रहरीले जिल्ला भित्र विशेष सुरक्षा योजना ल्याएको बताएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ११ : ३३ बजे

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले