२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

चाडपर्व लक्षित विशेष सुरक्षा योजना : उपत्यकामा १० मिनेटमै प्रहरी पुग्ने व्यवस्था



काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरी ‘मेट्रो’का प्रवक्ता एसपी सुशीलसिंह राठौरले चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त बनाएको बताएका छन् ।

काठमाडौंमा आयोजित ‘बजार अनुमगन र शान्ति सुरक्षाको अवस्था’ विषयक अन्तर्क्रियामा एसपी राठौरले चाडपर्व नजिकिँदै जाँदा आर्थिक अपराध, मादक पदार्थ सेवन, लागूऔषधको प्रयोग, ट्राफिक नियमको उल्लंघन, कालाबजारीजस्ता अपराधिक घटना बढ्नसक्ने भएकाले त्यस्ता अपराधिक घटना न्यूनीकरण गर्न सुरक्षा व्यवस्था चुस्त बनाएको जिकिर गरे ।

‘चाडपर्वको बेला थप ४ हजार ५०० जना प्रहरी परिचालन गरिएको छ । मोबाइल र एसएमएसको प्रयोग गरिएको छ, सादा पोसाकमा प्रहरी खटाइएको छ । गस्ती बढाइएको छ, हेल्प डेस्क राखिएको छ भने मापसे चेकिङ्गलाई तीव्रता दिइएको छ, आशा छ हाम्रो प्रयासका कारण शान्ति सुरक्षामा अमन चयन हुनेछ,’ उनले भने ।

उनले अपराधिक घटना घट्नेबित्तिकै उपत्यकाका जुनसुकै स्थानमा १० मिनेटमा प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको बताए । ‘सर्वसाधारण समस्यामा पर्नुभयो भने नेपाल प्रहरीको हटलाइन १०० मा सम्पर्क गर्नुहोस्,’ उनले सुझाए ।

एसपी राठौरले यात्रामा महिला तथा बालबालिकालाई यौनहिंसा लगायतका दुव्र्यवहारबाट जोगाउन सुरक्षा व्यवस्था मिलाइएको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०७८, सोमबार  ९ : १३ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा