१५ भदौ २०८३, सोमबार | August 31, 2026

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा



गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार आइतबार साँझ तम्घासबाट सिमलटारीतर्फ जाँदै गरेको लु १ क ४४४८ नम्बरको टिप्पर र विपरीत दिशाबाट आउँदै गरेको लु ६ प २७२६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

दुर्घटनामा मोटरसाइकल चालक इस्मा गाउँपालिका-६, अम्मरपुरका ३२ वर्षीय धनीश्वर बस्नेत र पछाडि सवार सोही गाउँपालिका-२ का २३ वर्षीय कमल पछाई घाइते भएका थिए।

अनुहार र छातीमा गम्भीर चोट लागेका बस्नेतलाई गुल्मी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि पुनः गुल्मी अस्पताल ल्याइएको छ।

दुर्घटनामा सामान्य घाइते भएका मोटरसाइकलको पछाडि सवार पछाइको अवस्था सामान्य रहेको छ। दुर्घटनापछि टिप्पर र चालक प्युठानको गौमुखी गाउँपालिका-२ का ३० वर्षीय जीवन रानामगरलाई नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  १२ : ०४ बजे

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास

भोटेकोशी बाढी : सुरुङ इलाकामा खोज, उद्धार तीव्र

काठमाडौँ । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको

रसुवागढी सुरुङमा मान्छे फसेको भेटिएन

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा गत बुधबार बिहान आएको बाढीका