३ चैत्र २०८२, मंगलबार | March 17, 2026

कोरोना प्रभावित श्रमिकका समस्या समाधान गर्न काँग्रेसको आग्रह



काठमाडौं । कोभिड १९ बाट प्रभावित श्रमिकका समस्या समाधान गर्न आग्रह गर्दै नेपाली काँग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

विभाग प्रमुख शिवप्रसाद हुमागाईले सोमबार प्रधानमन्त्रीलाई १९ बुदे ध्यानाकर्षणपत्र बुझाएका हुन । ध्यानकर्षणपत्र बुझाएपछि नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रमिक तथा टे«ड युनियन विभागले उठाएका मुद्दालाई सम्बोधन नगरे श्रमिक तथा मजदुरका लागि आन्दोलित हुने विभाग प्रमुख हुमागाईले चेतावनी दिए ।

कोरानाका कारण रोजगारी गुमाएका १० लाख भन्दा बढी श्रमिकले अनुभुत गर्न सक्नेगरी सरकारले केही नगरेको आरोप लगाउदै विभागले श्रमिकलाई नियमित भुक्तानी दिलाउन र चाडपर्व खर्च स्वरुप प्रतिपरिवार १० हजार उपलब्ध गराउन माग गरेको छ ।

विभागले श्रमिकबाट उठाइएको १ प्रतिशत सामाजिक सुरक्षा कोषको रकमले रोजगारी गुमाएका श्रमिक वर्गका लागि राहत उपलब्ध गराउन माग गरेको हो ।

श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र कोरोना राहत उपलब्ध गराउन समेत विभागले माग गरेको छ । विदेशमा अलपत्र परेका श्रमिकको उद्दार र व्यवस्थापन गर्न तत्काल सरकारले तदारुकता देखाउनुपर्ने विभागको माग छ ।

साथै हाल गर्दै आएको कोरोना परीक्षणलाई दैनिक ४० हजार पु¥याउन र संक्रमितलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न समेत विभागले ध्यानाकर्षण गराएको छ ।

संक्रमितका कारण दीर्घरोगी र अन्य रोगीले समेत उपचार नपाएकाले वेग्लै उपचार गर्ने अस्पतालको व्यवस्था गर्न भनिएको छ ।

कोभिडको वहानामा सरकारले दैनिक प्रशासनिक काम समेत रोकेको र भ्रष्टाचार मौलाउन प्रोत्साहन गरेको काँग्रेसले आरोप लगाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १२ : ३४ बजे

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण