२४ मंसिर २०८२, बुधबार | December 11, 2025

कोरोना प्रभावित श्रमिकका समस्या समाधान गर्न काँग्रेसको आग्रह



काठमाडौं । कोभिड १९ बाट प्रभावित श्रमिकका समस्या समाधान गर्न आग्रह गर्दै नेपाली काँग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

विभाग प्रमुख शिवप्रसाद हुमागाईले सोमबार प्रधानमन्त्रीलाई १९ बुदे ध्यानाकर्षणपत्र बुझाएका हुन । ध्यानकर्षणपत्र बुझाएपछि नेपाली काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रमिक तथा टे«ड युनियन विभागले उठाएका मुद्दालाई सम्बोधन नगरे श्रमिक तथा मजदुरका लागि आन्दोलित हुने विभाग प्रमुख हुमागाईले चेतावनी दिए ।

कोरानाका कारण रोजगारी गुमाएका १० लाख भन्दा बढी श्रमिकले अनुभुत गर्न सक्नेगरी सरकारले केही नगरेको आरोप लगाउदै विभागले श्रमिकलाई नियमित भुक्तानी दिलाउन र चाडपर्व खर्च स्वरुप प्रतिपरिवार १० हजार उपलब्ध गराउन माग गरेको छ ।

विभागले श्रमिकबाट उठाइएको १ प्रतिशत सामाजिक सुरक्षा कोषको रकमले रोजगारी गुमाएका श्रमिक वर्गका लागि राहत उपलब्ध गराउन माग गरेको हो ।

श्रमजिवी पत्रकारलाई न्यूनतम पारिश्रमिक र कोरोना राहत उपलब्ध गराउन समेत विभागले माग गरेको छ । विदेशमा अलपत्र परेका श्रमिकको उद्दार र व्यवस्थापन गर्न तत्काल सरकारले तदारुकता देखाउनुपर्ने विभागको माग छ ।

साथै हाल गर्दै आएको कोरोना परीक्षणलाई दैनिक ४० हजार पु¥याउन र संक्रमितलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको क्वारेन्टिनमा राख्न समेत विभागले ध्यानाकर्षण गराएको छ ।

संक्रमितका कारण दीर्घरोगी र अन्य रोगीले समेत उपचार नपाएकाले वेग्लै उपचार गर्ने अस्पतालको व्यवस्था गर्न भनिएको छ ।

कोभिडको वहानामा सरकारले दैनिक प्रशासनिक काम समेत रोकेको र भ्रष्टाचार मौलाउन प्रोत्साहन गरेको काँग्रेसले आरोप लगाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  १२ : ३४ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल