१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह



महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी गर्दै महाकाली तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाई सुरक्षित रहन आग्रह गरेको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारस्थित चौलानी नदीमा माथिबाट आएको पहिरोका कारण नदी आधा थुनिएको र हाल पहिरो आउने क्रम जारी रहेकाले पूरै थुनिन सक्ने सम्भावना रहेकाले सम्भावित जोखिमबाट बच्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत धर्मराज उपाध्यायद्वारा जारी सूचनामा सोसम्बन्धी घटना घटेमा वा उद्धारको आवश्यकता परेमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र जिल्ला प्रशासनको सम्र्पक नम्बरमा सम्र्पक राख्न अनुरोध गरिएको छ ।

यता जिल्ला प्रशासन कार्यालय दार्चुलाले जोखिम बढ्नेसक्ने सम्भावनालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

दार्चुलाको चौलानी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक तथा सम्बन्धित निकायलाई सम्भावित जोखिमबाट जोगिन र धनजनको क्षति न्यूनीकरण गर्न आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाद्वारा जारी सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार आज साँझ महाकाली नदीमा पानीको बहाव बढेर एक लाख ३७ हजार ७०० क्युसेक पुगेको छ । महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि भारतीय पक्षले शारदा ब्यारेक (बनबासा पुल)मा चारपाङ्ग्रे सवारीसाधन आवागमनमा रोक लगाउँदै आएको छ ।

प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार  १० : ३५ बजे

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज एक सूचना जारी

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ३ सय २३ पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार राति

लुम्बिनी प्रदेश सरकारका २ मन्त्रीसहित ४ प्रदेशसभा सदस्य पार्टीबाट निष्काशित

नेपालगन्ज । जनता समाजवादी पार्टी, नेपालले लुम्बिनी प्रदेशका बहालवाला २

विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

काठमाडौँ । प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति