८ कार्तिक २०८३, आइतबार | October 25, 2026

गुल्मीमा घरेलु हतियारसहित तीन जना पक्राउ



गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा अवैध रूपमा घरेलु हतियार निर्माण तथा बिक्री–वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

छत्रकोट-५ मानकोट भ्यूडाँडामा घरेलु हतियार निर्माण तथा बिक्री-वितरण भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुदीप नेपालीको नेतृत्वमा खटिएको टोलीले स्थानीय बुद्धिबहादुर कामी, झुमिला विक र प्रेमबहादुर सिँजालीलाई पक्राउ गरेको हो । स्थानीय बुद्धिबहादुर कामीको घर तथा आरनमा खानतलासी गर्दा अवैध हतियार निर्माणमा प्रयोग हुने कच्चा पदार्थ, औजार तथा जङ्गली जनावरका हड्डी र छाला फेला पारेको हो ।

सोही क्रममा प्रहरीले कामीका छिमेकी झुमिला विकको घरमा रहेको आरनबाट एक थान भरुवा बन्दुक तथा बुद्धि बहादुरसँग बन्दुक खरिद गरेको प्रेमबहादुर सिँजालीको घरगोठबाट एक थान भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

प्रहरीले उनीहरूबाट दुई थान भरुवा बन्दुक, फलामका बन्दुकका नाल ४२ थान, बन्दुकका कुन्जी÷बट आठ थान, काठका बट पाँच थान, फलामका गोली छर्रा २२१ थान, भरुवा बन्दुकका गोली तीन थान, बारुद र टिनका बाकसभित्र राखिएका हतियारका पाटपुर्जा समेत बरामद गरेको छ ।

त्यस्तै हतियार निर्माणमा प्रयोग हुने किटको आरनपङ्खा दुई थान गेलेन्डर मेसिन, एक थान ड्रिल मेसिन, एक थान वेल्डिङ मेसिन, दुई थान भाइब्रेसन मेसिन तथा आरी, बसुला, गिलास, पन्चकस, कैँची, हथौडालगायतका औजार पनि बरामद गरिएको सूचना अधिकारी विश्वकर्माले बताए ।

प्रहरीले उनीहरुको साथबाट जङ्गली जनावरका हड्डी तथा पाँच वटा छाला समेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि आवश्यक अनुसन्धानका लागि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८३, बुधबार  ७ : ३५ बजे

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा । अमरगढी नगरपालिका-७ का १९ वर्षीय दीपक भट्टराई पढाइ

असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज

पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी

कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा । स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र

शिखका पहिरो प्रभावित भन्छन्, ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले