२८ भदौ २०८३, आइतबार | September 13, 2026

एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि



काठमाडौं । नेपाली एक दिवसीय टोलीका कप्तान सन्दीप लामिछानेले अन्तरराष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो बलरको उपलब्धि हासिल गरेका छन् ।

एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) सँगको फाइनल खेलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

सन्दीपले हालसम्म एकदिवसीयमा १५८ र टी(२०आई क्रिकेटमा १४२ विकेट लिएका छन् । उनले अहिलेसम्म एकदिवसीयमा ७९ र टी(२० आईमा ७८ वटा खेल खेलेका छन् । सन्दीपले विदेशी मैदानमा एसिसी प्रिमियर कपको उपाधि जिताउने नेपाली कप्तानको उपलब्धि पनि आफ्नो नाममा गरेका छन् ।

सन् २०२३ मा आयोजित एसिसी प्रिमियर कपको उपाधि नेपालले घरेलु मैदानमा जितेको थियो । त्यतिबेला नेपाली टोलीको कप्तानी रोहितकुमार पौडेलले गरेका थिए । कप्तान लामिछाने एकदिवसीय एसिसी प्रिमियर कपमा लगातार दोस्रोपटक ‘प्लेयर अफ द सिरिज’ घोषित हुने पहिलो खेलाडीसमेत बनेका छन् । उनी सन् २०२३ को संस्करणमा पनि उत्कृष्ट खेलाडी चुनिएका थिए । उक्त संस्करणको प्रिमियर कपमा सन्दीपले ५५ रन बनाउनाका साथै १३ विकेट लिएका थिए ।

यसपालि उनले थप उत्कृष्ट प्रदर्शन गरे । सन्दीपले एसिसी प्रिमियर कप २०२६ मा छ खेलमा २।९८ को सानदार इकोनमी रेटमा सबैभन्दा बढी १७ विकेट लिए । नेपालले दोस्रो एसिया कपमा स्थान बनाउन उनको योगदान महत्वपूर्ण रह्यो ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १ : ४३ बजे

बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना

नेपालगन्ज । जिल्लामा गत आर्थिक वर्षमा दर्ता भएका नयाँ घरेलु

ठूला ढुङ्गा पन्छाएर तुइनखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

नारायणगढ । नारायणगढ(मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष

९९औँ ओस्कार अवार्डमा नेपालबाट ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ छनोट

काठमाडौं । सन् २०२७ मा घोषणा हुने ९९औँ एकेडेमी अवार्ड

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ

ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव

नयाँ दिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बुद्धिमत्ता (एआई),