६ आश्विन २०८३, मंगलबार | September 22, 2026

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ ९इयु०की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा भएको भेटवार्तामा उनीहरुबीच नेपाल-युरोपेली सङ्घ (इयु) साझेदारीका विभिन्न पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री खनालले भोटेकोशी बाढीपछि नेपालको कठिन परिस्थितिप्रति संवेदना र ऐक्यबद्धता व्यक्त गर्दै रिबेराले दिएको सन्देशप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

त्यस अवसरमा दुवै पक्षले नेपाल र इयुबीचको साझेदारीका विविध आयाममा महत्वपूर्ण विचार आदानप्रदान गर्दै सहकार्यलाई थप गहिरो बनाउने प्रतिबद्धता दोहो¥याएका थिए ।

विशेषगरी, हालै नेपालमा आएको जलवायु परिवर्तनको कारणबाट सिर्जित भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुनल्रुत्थान, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा सहकार्यलाई थप सुदृढ गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ७ : २८ बजे

त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको उपचारका क्रममा मृत्यु

काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा परी गम्भीर घाइते

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन उच्चस्तरीय

आज चार संसदीय समितिको बैठक बस्दै, विभिन्न विधेयक र नीतिगत विषयमा छलफल हुने

काठमाडौं । आज संघीय संसद्का चारवटा संसदीय समितिको बैठक बस्दैछ

एमाले केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज, केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिनको

अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत