१७ कार्तिक २०८३, मंगलबार | November 4, 2026

काभ्रेमा पहिरो र लेदोले दुई राजमार्गसहित विभिन्न सडक अवरुद्ध



काभ्रे । लगातार चार दिनदेखि परेको अविरल वर्षाका कारण पहिरो र लेदोले गर्दा काभ्रेमा बिपी र अरनिको राजमार्गसहित विभिन्न सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका अनुसार राजमार्गसहित नमोबुद्ध जाने सडक र पनौतीस्थित पाटिखर्कबाट बेथानचोक जाने सडक अवरुद्ध भएको हो ।

रोशी गाउँपालिका–७ घुमाउने स्थित बिपी राजमार्गमा खोलिएको एकतर्फी ट्र्याकमा खोलाको पानीको बहाव बढ्दा सडक कटिङ भइरहेको कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यस्तै, चौकीडाँडालगायत विभिन्न स्थानमा बिपी राजमार्गको डाइभर्सन बगाएको कारण पूर्णरुपमा अवरुद्ध भएको प्रहरीको भनाइ छ ।

काभ्रेभञ्ज्याङबाट नमोबुद्ध जाने भित्री सडकखण्ड करिब २५ मिटर भासिएपछि उक्त सडकसमेत अवरुद्ध भएको, पनौती नगरपालिका–१० पाटीखर्कदेखि बेथानचोक गाउँपालिका–४ खहरेखोलासम्मको भित्री सडकखण्डका विभिन्न स्थानमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  ११ : ४७ बजे

जखेरा तालमा डुबेर बालिकाको मृत्यु

दाङ । लमही नगरपालिका–३ स्थित जखेरा तालमा माछालाई दाना खुवाउने

तिहारको साइत : कात्तिक २५ गते ११ः०७ बजे भाइटीका उत्तम, २४ गते ‘म्ह’ पूजा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सको सहज जित

काठमाडौँ । गत संस्करणको विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस

प्रेस काउन्सिल ऐन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कानुन