२४ आश्विन २०८३, शनिबार | October 10, 2026

पर्वतको फर्सेमा २५ घर कालिगण्डकीले बगायो



काठमाडौं । अविरल वर्षापछि आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्सेमा २५ घर बगेका छन् ।

बस्तीमा रहेका करिब ८० घरमध्ये २५ घर बगेको तथा अन्य घरहरू जोखिममा रहेको प्रहरीले जनाएको छ । मानवीय क्षति भने नभएको र बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पहिरोका कारण तत्काल प्रहरी टोली घटनास्थलमा पुग्न सकेको छैन । उक्त स्थान प्रहरी चौकी मिलनचोक, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्दछ । 

यस्तै, देवघाटस्थित नारायणी नदीको जलसतह अधिकतम ११.६ मिटरभन्दा माथि पुग्दै करिब १३.० मिटरसम्म पुग्न सक्ने सम्भावना रहेको छ।

साथै, रुपन्देही, कपिलवस्तु, चितवन, नवलपरासी पूर्व र पश्चिम, लमजुङ, कास्की, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, तनहुँ, स्याङ्जा, पाल्पा, गुल्मी तथा आसपासका जिल्लाबाट बहने ससाना नदीहरूमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।

प्रकाशित मिति : ११ आश्विन २०८३, आइतबार  १२ : ०७ बजे

पहिरोका कारण म्याग्दीको महभिर गाउँ विस्थापित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-८ मा रहेको महभिर गाउँ पहिरोका

भौतिक विकासले फेरिँदै भोजपुरको च्याङ्ग्रे क्षेत्र

भोजपुर । भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

लमजुङ । बाढीपहिरोले क्षति पुर्‍याएको बेँसीसहर-चामे खण्डका संरचना, पक्की सडक

नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौं : सभापति थापा

ललितपुर । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी