१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

कोरला नाकाबाट हुने आयात–निर्यात प्रभावित, कालीगण्डकी करिडोर ३ देखि ६ दिनमा खुल्ने



काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक अवरुद्ध हुँदा कोरला नाकाबाट हुने सामानको आयात–निर्यात प्रभावित भएको छ।

सडकका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडक कटान र पुलका पहुँचमार्ग बगाएपछि चीनसँगको व्यापारका लागि महत्वपूर्ण कोरला नाका जोड्ने सडकमा यातायात प्रभावित भएको भन्सार विभागले जनाएको छ।

भन्सार विभागका अनुसार २०८३ साल असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय राजमार्ग–४८ अन्तर्गतको कालीगण्डकी करिडोरका विभिन्न खण्डमा सडक अवरुद्ध भएको हो।

सडकको लाटीखोला, फर्से, जुकेखोला, केराबारी, गलेश्वर, रघुगंगा पुल, बैसरी–१, बैसरी–२, बैसरी–३, बेगखोला, महभिर, नैनीबगर, जलथले, सुकेबगर, दाना र लाटोखोला लगायतका स्थानमा लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको विभागले जनाएको छ।

त्यस्तै, पोखरेबगर पुलको बायाँतर्फको पहुँचमार्ग बगेको छ भने तातोपानी कुण्ड, नार्च्याङ र खामभित्ता क्षेत्रमा नदीको उच्च बहावका कारण सडक कटान भएको छ।

सडक अवरुद्ध भएपछि कोरला नाकाबाट हुने मालसामानको ढुवानी प्रभावित भएको हो। विशेषगरी चीनबाट आयात हुने तथा कोरला नाका हुँदै हुने अन्य व्यापारिक गतिविधिमा सडक अवरोधले तत्काल समस्या सिर्जना गरेको भन्सार विभागले जनाएको छ।

सडक विभाग तथा मातहतका निकायहरूले अवरुद्ध सडक खुलाउन द्रुत गतिमा काम गरिरहेका छन्। केही स्थानमा अवरोध हटाएर सडक सञ्चालनमा ल्याइसकिएको र बाँकी स्थानमा पनि सडक खुलाउने काम भइरहेको विभागले जनाएको छ।

सडक विभागबाट प्राप्त जानकारीअनुसार वर्षा रोकिएर सडक खुलाउने काममा थप अवरोध नभएमा ३ देखि ६ दिनभित्र कालीगण्डकी करिडोर सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ।

भन्सार विभागले कोरला नाकाबाट हुने आयात–निर्यातमा सडक अवरोधका कारण तत्काल समस्या देखिए पनि सडक विभाग तथा मातहतका निकायको निरन्तर प्रयासबाट छिट्टै सडक सञ्चालनमा आउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  ९ : ३७ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

विभेद अन्त्य गर्न विश्व समुदायले थप प्रभावकारी कदम चाल्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले विभिन्न प्रकारका विभेद अन्त्य गर्न

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि

कोरला नाकाबाट हुने आयात–निर्यात प्रभावित, कालीगण्डकी करिडोर ३ देखि ६ दिनमा खुल्ने

काठमाडौं । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक अवरुद्ध

बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुग्यो, एक जना बेपत्ता

बागलुङ । बागलुङमा पछिल्लो तीन दिनयता आएको बाढीपहिरोमा परी मृत्यु