८ बैशाख २०८१, शनिबार | April 20, 2024

प्रदेश राजधानी आन्दोलनमा बुटवलमा स्कुटि जलाएको अभियोगमा ४ जना पक्राउ, अपराधिक उपद्रवको मुद्दा



बुटवल । प्रदेशको स्थायी राजधानीका सम्बन्धमा बुटवलमा भएको आन्दोलनका क्रममा स्कुटी जलाएको अभियोगमा रुपन्देही प्रहरीले ४ जनालाई पक्राउ गरि अपराधिक उपद्रोहको मुद्दा दर्ता गरिएको छ ।

आन्दोलनका क्रममा असोज १६ गते बुटवल उप-महानगरपालिका ११ देविनगर होराईजन चोकमा आन्दोलनकारीहरुले एकजना सरकारी कर्मचारीको स्कुटी जलाईदिएका थिए । आन्दोलनरत पक्षहरूले तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु १ व २४७० नम्बरको स्कुटर जलाई अपराधिक उपद्रव गरेको घट्ना सम्बन्धमा सन्दिप पाण्डेय लगायत अन्य ३ जना विरुद्ध अपराधिक उपद्रवको मुद्धा दर्ता गरीएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीले स्कुटी जलाएको अभियोगमा बुटवल उप-महानगरपालिका ११ बुद्धनगरका भेषराज पोख्रेल, रोशन थापा, तिलोत्तमा नगरपालिका २ सन्दिप पाण्डेय तथा गुल्मी मालिका गाँउ पालिका ८ घर भई हाल लुम्बिनी वाणिज्य क्याम्पसमा पढ्ने सुरज क्षेत्रीलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको रुपन्देही प्रहरीका प्रवक्ता नायव प्रहरी उपरिक्षक खडक बहादुर खत्रीले बताए ।

कार्यालयबाट घर फकंदै गरेकी तिलोत्तमा नगरपालिकाकी महिला कर्मचारीलाई बीच सडकमा झारी आन्दोनकारीहरुले उनले चलाएको स्कुटी जलाईदिएका थिए ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : १८ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन