बुटवल । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले बुटवलस्थित बुटवल रारा मसला उद्योग बन्द गराउने घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश मिलनकुमार राई र सानुमैया डंगोलको संयुक्त इजलासले गत असोज ८ गते जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै निवेदनको अन्तिम टुङ्गो नलागेसम्म उद्योग बन्द नगर्न आदेश दिएको हो ।
बुटवल रारा मसला उद्योगका सञ्चालक दीपक भुसालले घरेलु तथा साना उद्योग कार्यालय, रुपन्देहीलगायतलाई विपक्षी बनाई दायर गरेको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो ।
अदालतका अनुसार उद्योगले वातावरणीय प्रदूषण गरे वा नगरेको भन्ने विषयमा अन्तिम निष्कर्षमा पुग्न बाँकी छ । घरेलु तथा साना उद्योग कार्यालयले असोज ५ गते उद्योग बन्द गर्न दिएको निर्देशन तत्काल कार्यान्वयन गर्दा कच्चा पदार्थ तथा उत्पादित वस्तुको व्यवस्थापनमा समस्या आउन सक्ने देखिएको अदालतको आदेशमा उल्लेख छ ।
















प्रतिक्रिया