१४ आश्विन २०८३, बुधबार | September 30, 2026

अझै निकाल्न सकिएन राइनो क्रुज



चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा बगाएको राइनो क्रुज अझै निकाल्न सकिएको छैन ।

बाढीले बगाउने क्रममा नारायणी पुलको गैँडाकोटतर्फको पिल्लरमा ठोकिएर अड्किएको क्रुजलाई क्रेनमार्फत पल्टाइता पनि बाहिर भने अझै निकाल्न नसकिएको राइनो वाटर इन्टरटेन्टमेन्टका अध्यक्ष दीपक ढुङ्गेलले जानकारी दिए ।

केही समयअघि स्थानीय काभ्रेघाटमा तटबन्धन गरी सञ्चालन गरिएको उक्त क्रुज त्यहाँ सहज नभएपछि नवलपरासीको गैँडाकोट लगेर चलाइएको थियो । अध्यक्ष ढुङ्गेलका अनुसार, गत असारबाट गैँडाकोटस्थित होटल रिभर क्राउनले उक्त क्रुज खरिद गरी नजिक नदी किनारमा सञ्चालन गरिरहेको थियो ।

सञ्चालक ढुङ्गेलका अनुसार त्यसका लागि क्रुज ३० जना साझेदारले रु १५ करोड लगानी गरेका थिए । त्यसमध्ये क्रुजको मात्र लागत रु १० करोड रहेको छ । उनले भने, “बाढीले बगाएपछि अब यसै क्रुज सञ्चालन गर्नसक्ने अबस्था छैन । त्यसमा रु १० करोड बढी नोक्सान भएको छ ।” उक्त क्रुज सञ्चालन राष्ट्रिय गौरवको आयोजना भएकाले पूर्ववत् अवस्थामा सञ्चालन गर्न सरकारी सहयोग आवश्यकपर्ने सञ्चालकको भनाइ छ ।

कम्पनीले १५० जना यात्रुलाई देवघाटदेखि गोलाघाटसम्म ४० किलोमिटर जलयात्रा गराउन पाउने गरी पर्यटन विभागबाट अनुमति लिएको थियो । करिब ९५ फिट लामो र २१ फिट चौडा रहेको साढे दुई तलाको क्रुजमा १५० जनाले एकैपटक सेवा लिन सकिने छ ।

क्रुजमा ब्रेकफास्ट, लन्च र डिनर प्याकेज र विवाह, व्रतबन्ध, पास्नी र जन्मोत्सवजस्ता शुभकार्यका लागि विशेष बुकिङको व्यवस्था थियो । खासगरी चितवनको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उदेश्यले परियोजनाका रुपमा क्रुज सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ४ : १९ बजे

अझै निकाल्न सकिएन राइनो क्रुज

चितवन । नारायणी नदीले गत आइतबार रुखमा बाँधेर राखिएको अवस्थामा

सानातिना मतभेद छाडेर एकताबद्ध बन्न नेता कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना

विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैन : चन्द्र भण्डारी

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले सरकार र

भोटेकोशी बाढी : ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान

काठमाडौं । भोटेकोशी र त्रिशूली बाढीबाट क्षतिभएका जलविद्युत् आयोजना पुनःनिर्माणमा

नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज