१२ बैशाख २०८१, बुधबार | April 24, 2024

‘भिटामिनको गोली’ भर्सेस ‘सन्तुलित थाली’ : हट्टाकट्टा मानिसले पनि किन खान्छन् भिटामिनका गोली !



के तपाईंले कहिल्यै भिटामिनको गोली खानुभएको छ ? विश्वमा हरेक दिन करोडौं मानिसले भिटामिनको गोली खान्छन् । तपाईं पनि त्यसैमा सामेल पो हुनुहुन्छ कि ?

गत १ सय वर्षमा विश्व निकै बदलिएको छ । भिटामिनका यी गोलीले बदलिँदै गएको विश्वलाई देखेका छन् । १०० वर्षभित्र भिटामिनको यी गोली अरबौं डलरको बजार बनेका छन् ।

शारीरिक एवं मानसिक स्वास्थ्यका लागि भिटामिनको निकै ठूलो योगदान मानिन्छ । तर त्यसका लागि के हरेक व्यक्तिले भिटामिनको गोली खान आवश्यक पर्छ ?

भिटामिनको गोली कहिले एवं कसरी आम मासिनको जीवनमा सामेल भयो ? यसको खोजी निकै रोचक छ ।

१०० वर्ष पहिले भिटामिनको बारेमा न त कसैले सुनेको थियो, न त कसैले देखेको थियो । तर अब विश्वभर हरेक उमेरका व्यक्तिले फुड सप्लिमेन्टका लागि भिटामिनको गोली खाइरहेका छन् ।

 

भाइटल-अमिन्स
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मा काम गर्ने डाक्टर लिसा रोजर्सका अनुसार १७औं शताब्दीमा वैज्ञानिकहरुले पहिलो पटक महशुस गरेका थिए कि प्रोटिम, कार्बोहाइड्रेट र फ्याट बाहेक खानपिनमा केही त अरु पनि छ जसले शरीरलाई ठीक राख्न निकै जरुरी पर्छ । उनी भन्छिन्, ‘त्यस समय वैज्ञानिकहरुले यो जानकारी हासिल गरे कि जो समुद्री नाविक लामो समयसम्म समुद्री यात्रामा निस्कन्छन्, उनरुहरुलाई ताजा सागसब्जी मिल्दैन । यसकारण उनीहरुको खानपानमा कमी हुनथाल्यो जसले गर्दा शरीरलाई असर गर्न थाल्यो ।’

तर वैज्ञानिकहरु २० औं शताब्दीको सुरुवतामा नै भाइटल–अमिन्सलाई बुझ्न सके । जसलाई आज हामी भाइटामिन या भिटामिन नामले चिन्दछौं ।

हाम्रो शरीरलाई १३ प्रकारका भिटामिनको जरुरी पर्छ । यी भिटामिन ए, सी, डी, ई र के हुन् ।

अल्फावेट अनुसार हेरियो भने भिटामिन ए र सी को बीचमा हुन्छ भिटामिन बी जुन आठ प्रकारको हुन्छ । यसकारण कुल भिटामिनका प्रकार अब १३ वटा भए ।

हरेक भिटामिन एकअर्कोबाट अलग हुन्छन् । राम्रो स्वास्थ्यको लागि सही मात्रामा भिटामिन निकै जरुरी पर्छ । यसमध्ये भिटामिन डी हाम्रो शरीरले सूर्यको प्रकाशमा बनाउन सक्छ । तर बाँकी भिटामिन हाम्रो खानबाटै मिल्छ ।

डाक्टर लिसा रोजर्सका अनुसार विश्वमा अहिले पनि दुई अरबभन्दा बढी मासिन भिटामिन या मिनरल्सको कमीबाट पीडित छन् । यी मध्ये अधिकांश अफ्रिका एवं दक्षिण–पूर्व एशियाका निवासी हुन् । बच्चाका लागि त भिटामिनको कमीले ज्यानै जाने खतरा पनि हुन्छ किनकी जब उनीहरु बिरामी हुन्छन् या कुनै संक्रमण हुन्छ, पहिला उनीहरुलाई भोक नै लाग्दैन । यदि उनीहरु केही खाए नै भनेपनि उनीहरुको शरीरले पोषक तत्वको ग्रहण गर्नैसक्दैन ।

विज्ञानको यतिधेरै विकासका वावजुद भिटामिन्सबारे अहिले पनि केही जान्न बाँकी छ । त्यसमाथि हाम्रो खानपानमा बिग्रँदै गएको आदतले समस्या झन बढाइरहेको छ ।

डाक्टर लिसा रोजर्सको बुझाइमा, ‘धेरै मानिस यही सोचेर नै भिटामिनको गोली खाने गर्छन् जसले उनीहरुलाई फाइदा पुग्छ । मानौं ती गोलीमा कुनै जादु नै छ । तर उनीहरु यो भुलिरहेका हुन्छन् कि भिटामिन त शरीरलाई त्यतिबेला मात्रै प्राप्त हुन्छ जब हामी सन्तुलित खाना नियमित रुपले खान्छौं । सिर्फ गोली खाएर त हुँदैन । गर्भवती एवं बुढ्यौली जस्तो अवस्थामा भने भिटामिनका गोली लिनु अलग कुरा हो ।’

तर फेरि पनि यस्ता लाखौं मानिसहरु छन जसले केवल सप्लिमेन्टका लागि भिटामिनको गोली खाने गर्छन् । के स्वस्थ्य मानिसका लागि भिटामिनको सप्लिमेन्ट आवश्यक पर्छ ?

 

डर र आशाको बजार

विज्ञान पत्रकार क्याथरिन प्राइसले भिटामिनबारे निकै अध्ययन गरेकी छिन् । उनका अनुसार २० औं शताब्दीको सुरुआतमा भिटामिन शब्द खोजी गर्ने पोल्याण्डका बायोकेमिस्ट क्यासमेय फन्कलाई मार्केटिङको अवार्ड नै मिल्नुपर्छ ।

उनी भन्छिन्, ‘यस दिशामा काम गरिरहेका अन्य वैज्ञानिकहरुले यसलाई फूड–हाम्रोन या फूड–एक्सेसरी फ्याक्टर जस्तो नाम दिए । मैले कहिलेकाही यसकुरालाई मजाक गर्ने गर्छु कि फूड–एक्सेसरी फ्याक्टर जस्तो नामले कुनै कमाल देखाउन सक्दैन जो भिटामिनले देखायो । कोही पनि मानिस आफ्नो छोराछोरीलाई हरेक दिन फूड–एक्सेसरी फ्याक्टर दिन रुचाउँदैन ।’

क्याथरिन प्राइसको दाबी छ कि जो मानिस त्यससमय पैसा कमाउनका लागि सोचिरहेका थिए, उनीहरुले भिटामिनको नयाँ अवधारणा ल्याए, जसले उनीहरुलाई लोट्री नै लाग्यो ।

क्याथरिन प्राइसको बुझाइमा, ‘फूड प्रोडक्टको मार्केटिङ गर्नेहरुका लागि त यो निकै गजबको चिज लाग्यो । किनकी स्वयं वैज्ञानिकहरु भनिरहेका थिए कि खानामा यस्तो चिज हुन्छ जसलाई देख्न सकिँदैन, जसको आफ्नो कुनै स्वाद हुँदैन । यो मात्रा निकै कम हुन्छ तर यसको कमिले हुने बिरामीले तपाईंको ज्यानै जान पनि सक्छ ।’

जुन समय भिटामिनको खोजी भैरहेको थियो त्यसै समय फूड–इन्डस्ट्रीमा कैयौं बदलाव आइरहेको थियो । खानपानको चिजमा प्राकृतिक रुपमै रहेका पोषक तत्व धेरैजसो फुड–प्रोसेसिङको समयमा नष्ट भएका थिए ।

क्याथरिन प्राइस भन्छिन्, ‘प्राकृतिक भिटामिन तेलमा रहन्छ । तर तेलकै कारण प्रोसेस्ड फूड केही दिनमै बिग्रनपुग्छ । यसैले प्राकृतिक तेललाई प्रोसेसिङको समयमा समाप्त पार्न जरुरी हुन्छ । यसप्रकार प्रोसेस्ड फूडबाट प्राकृतिक भिटामिन समाप्त हुनजान्छ । यसको भरपाईं गर्नका लागि प्रोसेस्ड फूडमा धेरैभन्दा धेरै सिन्थेटिक भिटामिन मिलाउन थालियो ।’

तर मार्केटिङको भाषामा यसलाई ‘एडेड–भाइटामिन्स’ भन्न थालियो । र, यसकारण ‘एडेड–भाइटामिन्स’को अवधारणा सुरु भयो । १९३०को दशकमा अमेरिकामा भिटामिनका गोलीको जन्म हुन थाल्यो । यी गोलीको निशाना बने महिलाहरु ।

क्याथरिन प्राइस भन्छिन्, ‘उनीहरुले आफ्नो मार्केटिङको निशाना महिलाहरुलाई बनाए । महिला केन्द्रित पत्रिकामा विज्ञापन दिन थाले । यही तरिका आज पनि चलिरहेको छ र भनिदैछ – आमाहरु भिटामिनको मामिलामा निकै सतर्क रहनुपर्छ । जसका कारण पुरै परिवार स्वस्थ्य रहनसक्छ, यसैले वच्चाहरुलाई पनि भिटामिनको सप्लिमेन्ट दिन आवश्यक छ ।’

 

भिटामिनको बजार

१९३० पछिको दशममा अमेरिकामा भिटामिनका उद्योगहरु निकै फस्टाउन थाले । खाद्य उद्योगहरुले जोडतोडले फूड–सप्लिमेन्ट्सको मार्केटिङ बढाउन थाले । यो बजार बढेर ४० अर्ब डरलमा पुग्यो । क्याथरिन प्राइसको दाबी अनुसार मार्केट त बढ्यो तर भिटामिन भने निकै पछि छुट्यो ।

उनी भन्छिन्, ‘मानिसका लागि १३ प्रकारका भिटामिन जरुरी हुन्छ । तर आज ८७ हजार भन्दा बढी फुड–सप्लिमेन्ट्स बजारमा छन् । जतासुकै भिटामिनको पुरै उद्योगै उद्योग छन् र हामी त्यसैमा निर्भर भएका छौं । यसमा कुनै शंका छैन कि भिटामिन हाम्रो शरीरका लागि निकै जरुरी छ तर फूड–सप्लिमेन्ट्सको मेघा–इन्डस्ट्रीले निकै मेहनत गरेर यो कुरा हाम्रो दिमागमा घुसाइदिएका छन् कि राम्रो स्वास्थ्य र लामो उमेरको रहस्य भिटामिनको गोलीमा लुकेको छ ।’

 

भिटामिन्स फर भिक्ट्री

‘भिटामिन्स फर भिक्ट्री’ । यस्तो मानिदैछ जितका लागि भिटामिन्स जरुरी छ । लडाईं जित्नका लागि सैनिकहरु स्वस्थ्य हुन जरुरी छ । र, विजयी एवं सफल देशका लागि त्यस देशको जनता कुपोषित नहुन आवश्यक छ ।’ यो भनाई हो अर्का विशेषज्ञ डाक्टर सलिम अल–गिलानीको जो बेलायतको क्याम्ब्रिज विश्वविद्यालयमा ‘फूड एन्ड न्यूट्रिशन’ को इतिहास पढाउँछन् ।

उनका अनुसार भिटामिनको मामिलामा सरकारी हस्तक्षेपको सबैभन्दा रोचक कहानी दोस्रो विश्वयुद्धमा मिल्छ । सन् १९४१ मा राष्ट्रपति फ्रैन्कलिन रूजवेल्टको सरकारले अमेरिकी सैनिकहरुलाई लागि ‘भिटामिन्स अलाउन्स’को घोषणा गरेको थियो ।

बेलायतको सरकार पनि सैनिकहरुको स्वास्थ्यलाई लिएर चिन्तित थियो । दोस्रो विश्वयुद्धको समयमा बेलायतले आफ्ना सेनामा भिटामिन्सको कमि नहुने सुनिश्चितता गरेको थियो ।

तर डाक्टर सलिम अल–गिलानीका अनुसार १९४० को दशकमा बेलायत भिटामिनलाई लिएर केही सजग बनेको थियो । लेखपढ गरेका मानिसहरु मार्केटिङकै कारण भिटामिन सप्लिमेन्ट लिनका लागि प्रेरित भएका थए । भिटामिनको गोलीलाई ‘ह्वाइट्–म्याजिक’ भन्न थालिएको थियो ।

भिटामिन कम हुँदा शरीरका लागि खतरा हुन्छ तर धेरै भिटामिन लिनु त्यसभन्दा पनि बढी खतरा हुनसक्छ ।

दोस्रो विश्वयुद्धपछि डाक्टरहरुले आवश्यकता भन्दा बढी भिटामिनको प्रयोगले सैनिकहरु धेरै बिरामी भएको निस्कर्ष निकालेका थिए । जसका कारण सरकारहरु गम्भीर बन्दै आफ्नो योजना बदल्न बाध्य भएका थिए ।

फेरि १९८० को दशकमा यो कुरा तय भयो कि भ्रुणको सुरुवाती विकासका लागि फोलिक एसिड निकै जरुरी हुन्छ जो भिटामिन बी को रुप हो ।

महिला गर्भवती हुनुअघि फोलिक एसिडको कमि पुरा गर्न एवं गर्भवतीको सुरुवाती हप्तामा फोलिक एसिडको भरपाई गर्न भन्न थालियो ।

यसबारेमा डाक्टर सलिम अल–गिलानी भन्छन्, ‘तर्क यस्तो दिन थालियो कि धेरैभन्दा धेरै गर्भधारण अनप्लान्ड हुन्छ यसबाट फोलिक एसिडको भरपाई गर्न निकै ढिलो हुन्छ । यही कारण हो कि खेतीबाट बन्ने फुड–प्रोडक्ट्सको फोलिक एसिडले भरपुर गर्ने । विश्वका लगभग ७५ देशले यसलाई अनिवार्य बनाए । बेलायत र यूरोपीय यूनियनका देश यस मामिलामा निकै ढिलो भए । उनीहरुमाथि आफ्नै फूड–प्रोडक्ट्समा फोलिक एसिडको उपस्थिति अनिवार्य बनाउन निकै दबाब थियो ।’

डा. सलिम अल–गिलानीका अनुसार भिटामिन वेच्ने कम्पनीहरु बढाइचढाईका साथ दाबी गर्छन् । तर सरकारले उनीहरुलाई सही ढंगले अनुगमन गर्दैन । जसको कारण धेरै मानिस भिटामिनको मामिलामा मार्केटिङको जालमा फस्छन् ।

उनी भन्छन्, खतराको आशंका एवं सम्भावित फाइदाको बारेमा सोचेर मानिस भिटामिनको गोली एवं फुड–सप्लिमेन्ट लिन्छन् । उनीहरुले यो काम पनि त्यतिबेला गर्छन्, जतिबेला उनीहरुलाई भिटामिनको बारेमा बढी नै भ्रमित तुल्याउने जानकारी मिल्छ ।’ र यही कारण हो कि आज भिटामिनको कारोबार पुरै विश्वमा निकै जमेर चम्किँदो छ ।

 

प्रफेक्सनको चाहना

‘मध्यमवर्गीय मानिसको संख्या पुरै विश्वमा बढिरहेको छ । मध्यम वर्गसँग खरिद गर्ने क्षमता हुन्छ । खर्च गर्नका लागि उनीहरुसँग पैसा हुन्छ । उनीहरुसँग आफ्नो स्वास्थ्यको बारेमा सोच्नसक्ने समय पनि हुन्छ ।’ यो भनाइ हो म्याथ्यु ओस्टरको, जो यूरो मनिटर नामको रिसर्च कम्पनीमा काम गर्छन् । उनको काम स्वास्थ्यको मामिलामा विश्वभर कन्जुमर डेटा विश्लेषण गर्नु हो ।

उनी भन्छन्, ‘हेल्थ प्रोडक्टको उपयोग एशियामा तिब्र गतिमा बढिरहेको छ । चीन पनि निकै ठूलो बजार हो । दक्षिण–पूर्वी एशियाका देशहरु खासगरी थाइल्याण्ड र भियतनाममा हेल्थ प्रोडक्टको बजार बढिरहेको छ । एशियामा केही वर्ष यता यो बजार निकै कमर्शियल बनेको छ ।’

म्याथ्यु ओस्टरका अनुसार यी इन्डस्ट्रीमा ग्लोबल ग्रोथ को कारण युवा पिढींमा भिटामिनको गोली खाने प्रवृति पनि हो ।

उनी भन्छन्, ‘हालैका वर्षमा हामीले देखेका छौं कि कम उमेरमै मानिसहरु भिटामिनको गोली खान सुरु गर्छन्, जबकी पहिला यस्तो हुँदैनथ्यो । अब जो कोही पनि ‘सेक्सी एवं कूल’ देखिन चाहन्छन् । सेलेब्रिटीज पनि आफुनो लुक्स एवं फिटनेसलाई बढावा दिइरहेका छन् ।’

तर के यो प्रवृति यसैगरी अघि बढ्ला या मानिसको ध्यान गोलीमा भन्दा आफ्नो खाने थालीमा जाला ? यो प्रश्न र यसको उत्तर बजारको विपरित छ ।

म्याथु ओस्टर भन्छन्, ‘मलाई लाग्छ कि यस उद्योगको रफ्तार केही मन्द हुनसक्छ । उपभोक्ताका एक ग्रुप यस्तो पनि बढ्दैछ जसले दिनमा एक गोली पनि खाँदैन । उपभोक्ताले आफैले आफैलाई सोध्नुपर्छ कि मेरो थालबाटै पोषण तत्व पुरा हुनुपर्छ । बजारले त तपाईंको खाने बानीलाई रिँगाइदिन्छ । यदि हामी सन्तुलित भोजन खायौं एवं तनावलाई कम गर्न सक्यौं भने कुनै पनि सप्लिमेन्टको जरुरी पर्दैन ।’

यसमा कुनै शंका छैन कि मानिसको शरीर यस्तो चिज हो जसलाई सन्तुलित बनाउन फुड सप्लिमेन्टको अलवा कुनै विकल्प छैन । तर राम्रो त यही हो कि कुनै हट्टाकट्टा मानिस फेरि किन सप्लिमेन्ट लिन्छ ? वास्तवमै उसलाई यसको जरुरी पर्छ त ? या खानपानमा लापरवाहीको कारण उ सप्लिेमेन्टको खोजीमा हुन्छ ?

अब केही प्रश्नहरु आफैसँग सोधेर हेर्नुहोस । यसको जवाफ इमान्दारीपूर्वक आफै दिनुहोस । किनकी शरीर तपाईंकै हो र त्यसमा हुने खर्चको भागिदार पनि त आफै हो ।

-बीबीसी

 

 

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : २४ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको