११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय



लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा प्रकाशित तथ्याङ्क अनुसार विश्वमा एक अर्बभन्दा बढी मानिस पागलपन, डिप्रेसन, चिन्ता, वाइपोलार डिसअर्डर, हाइपर एक्टिभिटीजस्ता कुनै न कुनै मानसिक समस्याका साथ गुज्रिरहेका छन् । यो संख्या विश्वको कुल १४ प्रतिशत हुन आउँछ । यसमा पनि पुरुष (पुरुष १३ प्रतिशत) भन्दा महिलाको संख्या ९१४.८ प्रतिशतं बढी रहेको देखिन्छ । यस्तो समस्या नेपालमा पनि डरलाग्दो तरिकाले बढ्दै गएको देखिन्छ । डब्लुएचओले नेपालमा करीब २२ लाख व्यक्ति विभिन्न मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको प्रक्षेपण गरेको छ । सङ्गठनका अनुसार चारमध्ये एक युवा र पाँचमध्ये एक बालबालिका कुनै न कुनै मानसिक स्वास्थ्य समस्याबाट पीडित छन् ।

मानव समाजमा रहेको तीब्र अस्वस्थ्य प्रतिस्पर्धा, अव्यवस्थित जीवनशैली, आर्थिक, सामाजिक असुरक्षा, सामाजिक दबाब तथा व्यक्तिगत सम्बन्धहरूमा देखिने असहमति जस्ता समस्याका कारण समाज हरेक खालका मानसिक समस्याले ग्रसित छ । मानिसमा अनावश्यक महत्वकांक्षा, आधुनिकीकरणको सामाजिक प्रभाव, आर्थिक लाभका लागि मानिसले अपनाउने उपायहरु, लागुऔषध दुव्र्यसनी, यौन हिंसा, सामाजिक हिंसा, विभेदजस्ता सामाजिक हितविरुद्धका कार्यले मानव समाजलाई नकारात्मक बाटोतर्फ डो¥याउँदै लगेको पाइन्छ । परिणामस्वरुप मानिसहरूमा दिन प्रतिदिन मानसिक तनाव, चिन्ता, अवसादजस्ता मानसिक समस्या तीव्र रूपमा बढिरहेका छन् ।

डब्लुएचओका अनुसार मानसिक स्वास्थ्य आजको प्रमुख चुनौतीको रूपमा देखापरेको छ । यस्तो मानसिक स्वास्थ्यको चुनौतीलाई न्यूनीकरण गर्न र मानव समाजलाई सकारात्मक दिसातर्फ अगाडि बढाउन पूर्वीय दर्शन विशेषगरी बौद्ध दर्शनले प्रस्तुत गर्ने मनको सजगताको अवधारणाले प्रभावकारी मार्ग प्रस्तुत गर्दछ । बौद्ध सजगताका सिद्धान्तहरूले आधुनिक संसारमा कसरी प्रभावकारी रूपमा तनाव कम गर्न र समग्र कल्याणलाई बढावा दिन सक्छन् भन्ने बताउँछ । बौद्ध शिक्षाहरूमा आधारित सचेतना अभ्यास आधुनिक समाजमा परेको प्रभावलाई परीक्षण गर्दै, तनाव व्यवस्थापन, भावनात्मक नियमन र सामान्य स्वास्थ्यका लागि प्रभावकारी काम गरेको विभिन्न अध्ययनले पुष्टि गरेको छ । बौद्ध दर्शनमा प्रस्तुत मनको सजगताले प्राचीन पूर्वीय ज्ञान र आधुनिक पश्चिमी विज्ञानको मिलनले आधुनिक जीवनको व्यस्तता र मानसिक तनाव व्यवस्थापनमा एक शक्तिशाली आधार प्रदान गरेको छ ।

बौद्ध दर्शनमा मनको सर्वोच्च स्थान

बौद्ध दर्शनमा मन सजगताको दृष्टिकोणबाट आधुनिक मनोवैज्ञानिक तनावको समाधानलाई बुझ्न सकिन्छ । बौद्ध दर्शनमा मन अथवा चित्तको विशेष महत्व छ । बुद्ध स्वयंले भनेका छन् “संसार त्यो हो जो हामीले आफ्नो मनमा देख्ने गर्छौ ।” धम्मपदको प्रथम पदमा लेखिएको छ, “सबै कुराभन्दा अघि मन हुन्छ, सबै कुरालाई मनले डो¥याएर लान्छ, सबै कुरालाई मनले बनाउने गर्छ ।” बौद्ध धर्ममा मनलाई सबै कुरा बुझ्ने र अनुभव गर्ने मुख्य आधार मानिन्छ । आजको आधुनिक समाजमा मानिसहरूको जीवनशैली अत्यन्त व्यस्त र प्रतिस्पर्धात्मक बनेको छ । अहिलेको यो प्रतिष्पर्धात्मक समाजमा मानिसहरू धेरै तनाव, चिन्ता र मानसिक दबाबमा जीवन व्यथित गरिहेका छन् । कामको दबाब, आर्थिक चिन्ता, सामाजिक अपेक्षा र व्यक्तिगत समस्याहरूका कारण धेरै मानिसहरू मानसिक तनाव, चिन्ता र अवसाद (डिप्रेसन) जस्ता समस्याबाट जुधिरहेका छन् ।

मानिसको जीवन अहिले यति धेरै व्यस्ततामा बितेको छ की समय निकालेर एकछिन पनि आफ्नो समाज, परिवार र सन्ततिका बिषयमा सोच्ने फुर्सद पनि हुदैन । अनि ऊ समाज, परिवार, आफन्त र सन्ततिबाट बिस्तारै टाढिदै गएको पत्तै पाउँदैन । जतिबेला उसले यस विषयको महसुस गर्छ परिस्थिति धेरै फरक भइसकेको हुन्छ । अनि उसमा तनाव, चिन्ताको अवस्था बढदै मानसिक समस्यामा पुग्दछ । र, मानिसमा एन्जाइटी, डिप्रेशनलगायतका अनेकन मानसिक समस्या उत्पन्न हुन्छ ।

आधुनिक समाजमा तनावको प्रमुख कारण मानिसमा भविष्यको चिन्ता र विगतमा गरिएका क्रियाकलाप या विगतमा गर्न नसकेका काममा अनावश्यक पछुतो हो । मानिसले विगतका गरेका क्रियाकला न त पछुतो मानेर सुधार्न सक्छ न विगतमा गर्न नसकेका कामलाई पूरा गर्न सक्छ । तर, मानिसहरू प्रायः वर्तमान जीवनलाई कसरी सकारात्मक र सुन्दर बनाउने नभई या त विगतका घटनामा अल्झिएका हुन्छन् वा भविष्यको अनिश्चितबारे चिन्तित हुन्छन् ।

आधुनिक समाजमा तनावपूर्ण जीवन व्यतित गरिरहेका मानिसलाई सजगताका माध्यमबाट तनाव, चिन्ता र मानसिक दबाबबाट मुक्त हुने सजगताको अभ्यास उत्तम रहेको कुरा बौद्ध दर्शनमा उल्लेख छ । सजगताको अभ्यासले मानिसलाई वर्तमान क्षणमा केन्द्रित गराउँछ, जसले अनावश्यक चिन्ता र तनाव कम गर्न मद्दत गर्दछ । यस्तो अभ्यासले जीवनलाई कसरी सकारात्मक र सुन्दर बनाउने भन्ने मार्गनिर्देश गर्दछ ।

सजगता कुनै नयाँ फेशन वा केवल उपचार विधि होइन । यो हजारौँ वर्षदेखि विकसित भएको चेतनाको अनुशासन हो । यसले मानिसलाई प्रतिक्रियात्मक जीवनबाट उत्तरदायी र सचेत जीवनतर्फ डो¥याउँछ । आधुनिक विज्ञानले यसको उपयोगितालाई प्रमाणित गरेको छ, तर यसको पूर्ण अर्थ तब मात्र प्रकट हुन्छ जब यसलाई नैतिकता, विवेक र आत्मबोधसँग जोडेर बुझिन्छ । यसैले सजगता भनेको पूर्वीय दर्शन र आधुनिक विज्ञानबीचको एक सशक्त सेतु हो, यसले मानिसलाई बाह्य प्रगति र आन्तरिक परिपक्वताको सन्तुलन कायम राख्ने मार्गमा डो¥याउँछ ।

सजगता वा सम्यक् स्मृति

बौद्ध दर्शनका अनुसार सजगता भनेको वर्तमान क्षणमा बिना कुनै निर्णय आफ्नो विचार, भावना, शारीरिक संवेदना र वरपरको वातावरणप्रति पूर्ण सचेतता राख्नु हो । यो केवल ध्यानको एक प्रकार मात्र नभएर बरु जीवन जिउने एउटा उत्तम तरिका हो । बुद्ध दर्शनमा सजगता आर्य अष्टाङ्गिक मार्गको एक आधारस्तम्भ हो, जसलाई सम्यक् स्मृति भनिन्छ । सतिपट्ठान सुत्तमा सजगताका चार आधार तय गरिएको छ । यसलाई विपश्यनाका आधार पनि मान्न सकिन्छ । यिनको सजगतापूर्वक अवलोकननै दुःख निवृत्तिको प्रत्यक्ष मार्गका रूपमा वर्णन गरिएको छ । बौद्ध दर्शनमा सजगतालाई चार प्रमुख प्रकारका रुपमा उल्लेख गरिएको छ ।

१) कायानुपस्सना ः आफ्नो शरीरलाई बुझ्ने । आफ्नो शरीरका हरेक क्रियाकलापहरू (जस्तैः श्वासप्रश्वास, हिँडडुल, बसाई, उठाई) प्रति पूर्णरूपमा सजग रहनु नै कायानुपस्सना हो ।

२) वेदनानुपस्सना ः यसले वेदना अर्थात् शरीर र मनमा उत्पन्न हुने सुखद्, दुःखद् वा उदासीन वेदनाहरूमा आसक्ति नराखी तटस्थ भएर नियाल्नुपर्ने कुराको वकालत गर्दछ ।

३) चित्तानुपस्सना ः मनको अवस्थालाई सङ्केत गर्दछ । आफ्नो मनको वर्तमान अवस्था कस्तो छ (जस्तैः मनमा क्रोध छ कि शान्ति, चञ्चलता छ कि एकाग्रता) भनी स्पष्ट रूपमा चिन्नु र होस राख्नु नै चित्तानुपस्सना हो ।

४) धम्मानुपस्सना ः यसअन्तर्गत धम्म तत्व निरीक्षण पर्दछन् । मनमा आउने विचारहरू, पञ्च विकार र चार आर्य सत्यजस्ता आध्यात्मिक सत्यहरूलाई प्रज्ञा र विवेकका साथ बुझ्नु नै धम्मानुपस्सना हो ।

पूर्र्वीय दर्शनमा मनको सजगताको लक्ष्य मुक्तिक र आत्मवोध हो, जबकि आधुनिक विज्ञानमा यसको लक्ष्य प्रायः कल्याण, उत्पादकत्व र मानसिक स्वास्थ्यमा सीमित देखिन्छ तर दुवै दृष्टिकोणबीच गहिरो समानता पनि छ । यस सदर्भमा बुद्ध दर्शनले दुःखको मूल कारण अविद्या र तृष्णा ठान्छ, त्यहाँ आधुनिक मनोविज्ञानले दुःखको कारण स्वचालित नकारात्मक सोच र अनियन्त्रित भावनात्मक प्रतिक्रिया ठान्छ । यसर्थ, आधुनिक विज्ञान मनसजगताको प्रभाव पुष्टि गर्ने साधन हो भने परम्परागत दर्शन यसको अन्तिम उद्देश्य स्पष्ट गर्ने आधार हो ।

आधुनिक विज्ञानले माइन्डफुलनेसलाई मुख्यतः स्नायुविज्ञान र मनोविज्ञानको दृष्टिकोणबाट अध्ययन गरेको छ । जोन कबाट जिन जस्ता विद्धानले विकास गरेको सचेतनतामा आधारित तनाव न्यूनीकरण वा मनोयोगमा आधारित तनाव व्यवस्थापन कार्यक्रमपछि यस क्षेत्रमा वैज्ञानिक अनुसन्धान तीव्र भएको देखिन्छ ।

परम्परागत सजगता र आधुनिक मनोविज्ञान

बौद्ध दर्शनमा सजगताको दृष्टिकोण र आधुनिक मनोवैज्ञानिक तनाव व्यवस्थापनको समाधान खोज्दा केही गम्भीर समस्या र चुनौतीहरू पनि देखापरेका छन् । आधुनिक मनोविज्ञानले सजगतालाई यसको मूल नैतिक र दार्शनिक आधारबाट अलग गरेर केवल एउटा प्रविधिको रूपमा मात्र प्रयोग गरिरहेको छ । बौद्ध दर्शनमा सजगता अर्थात् सम्यक् स्मृतिलाई अष्टाङ्गिक मार्गको एक हिस्साको रुपमा प्रस्तुत गर्दछ । बौद्ध दर्शनको दृष्टिकोणमा यसलाई शील ९नैतिकता० र प्रज्ञा ९ज्ञान० सँग जोडिएको हुन्छ ।

आधुनिक समाजमा सजगतालाई विज्ञानका रुपमा प्रयोगमा ल्याउन खोज्दा अनेक चुनौती देखापरेका छन् । सजगतालाई बौद्ध दर्शनबाट अलग गर्ने प्रक्रिया विज्ञान र धर्मबीचको संवादबाट उत्पन्न भएको हो । ती चुनौतीलाई सहज रुपले अन्त्य गर्न आधुनिक विज्ञान र बौद्ध दर्शनलाई जोडेर लैजानसके सकारात्मक परिणाम निकाल्न सकिन्छ ।

आधुनिक मनोविज्ञानले तत्काल राहत दिन्छ तर गहिराई पुग्दैन र बौद्ध दर्शनले पूर्ण समाधान दिन्छ तर यो बुझ्न र अभ्यास गर्न कठिन छ । बौद्ध दर्शनका दृष्टिकोणमा आधुनिक समाजमा कतिपयले विशुद्ध धार्मिक मानेर पन्छाउँदा वैज्ञानिक दृष्टिकोणबाट फाइदा लिन सकिदैन । आधुनिक मनोवैज्ञानिक दृष्टिकोणमा समस्यालाई सतही रुपले समाधानको विधि अवलम्बन गर्ने प्रयास हुने गर्दछन् ।

सजगता प्रक्रियालाई आधुनिक समाजमा व्यापारीकरण अर्थात एउटा ‘प्रोडक्ट’ वा ‘लाइफ–ह्याक’ को रूपमा व्यापारीकण गर्ने गरिएको छ । अर्थात बजारमा बिक्रीका लागि राखिएको बस्तु जस्तै बनाइएको छ, जसकारण यसको वास्तविक गहिराइ र नैतिक मूल्यहरू क्रमशः हराउँदै गएर क्षणिक शान्तिको साधन मात्र बनेको छ । आधुनिक समाजमा सजगतालाई बजारमा एउटा उत्पादित बस्तु जस्तै बनाएर बजारमा बिक्री गर्ने साधन वा तनाव विषयलाई सामाजिक र आर्थिक कारणलाई सम्बोधन गर्नुको साटो व्यक्तिलाई मात्र सञ्चो बनाउने कर्पोरेट स्वार्थ पूरा गर्ने व्यवसायीकरण माध्यम भइरहेको छ ।

सजगता प्रक्रियालाई धेरैले बौद्ध दर्शनको निष्कृयता वा संसारबाट भाग्ने माध्यमका रूपमा बुझ्छन् तर यसले वर्तमानमा सचेत भएर जिम्मेवारी पूरा गर्न सिकाउँछ । अभ्यासकर्ताले तुरुन्तै “निर्वाण” वा पूर्ण शान्ति पाउने ठूलो अपेक्षा राख्दा, तनाव कम हुनुको साटो झन् मानसिक दबाब बढ्ने गरेको पाइन्छ ।

दैनिक जीवनमा गरिने ‘आनापानसती’ ९श्वासप्रश्वासको सजगता० अभ्यासले कार्यस्थलमा हुने मानसिक तनाव कम गर्न महत्वपूर्ण भूमिका खेल्छ । बौद्ध सजगता अभ्यासले व्यक्तिमा ‘करुणा’ र ‘उपेक्षा’ को विकास गराई आधुनिक मानसिक चिन्तालाई सकारात्मक मार्गमा रूपान्तरण गर्छ । यसका परम्परागत विधिहरूलाई आधुनिक ‘डिजिटल तनाव’ व्यवस्थापनमा अनुकूलन गर्न सकिन्छ । बौद्ध धर्मको ‘अनित्य’ को बोधले आधुनिक समाजमा हुने ‘भविष्यको डर’ र तनावलाई कम गर्न मद्दत पु¥याउँछ ।

न्यूरो–वैज्ञानिक दृष्टिकोण अनुसार आधुनिक साहित्यले सजगता अभ्यास र मस्तिष्कको संरचनामा आउने परिवर्तन ‘न्युरोप्लास्टिसिटी’ बीचको सम्बन्धलाई जोड दिन्छ । नियमित सजगता अभ्यासले “मस्तिष्कको पूर्वनिर्धारित अवस्थाको सञ्जाल” वा “निष्क्रिय अवस्थाको मानसिक नेटवर्क” को सक्रियता घटाउँछ, जसले गर्दा अनावश्यक सोच्ने र चिन्ता गर्ने प्रवृत्ति कम हुन्छ । बुद्धले सिकाएको ‘सम्यक् स्मृति’ लाई आजका मनोवैज्ञानिकहरूले “सचेतनामा आधारित तनाव न्यूनीकरण” अर्थात “मनोयोगमा आधारित तनाव व्यवस्थापन” र “सचेतनतामा आधारित संज्ञानात्मक उपचार पद्धति” जस्ता विधि मानसिक स्वास्थ्यका लागि प्रभावकारी मानिएका छन् ।

बौद्ध दर्शन र आधुनिक मनोविज्ञान दुवैको लक्ष्य दुःख कम अर्थात मनमा स्थिरता कायम राख्नु र कल्याण बढाउनु हो । यद्यपि बौद्ध दर्शन र आधुनिक मनोविज्ञान बीच केही आधारभूत भिन्नताहरू पनि रहेका छन् । बौद्ध दर्शनमा सजगता ‘निर्वाण’ वा पूर्ण मुक्ति प्राप्त गर्ने एउटा बृहत नैतिक मार्गको हिस्सा मानिन्छ तर आधुनिक मनोविज्ञानमा यसको प्रयोग मुख्यतया तनाव कम गर्ने, एकाग्रता बढाउने र भावनात्मक नियन्त्रणका लागि गरिन्छ भन्ने मान्यता राख्दछ ।

सजगताको अभ्यासलाई दैनिक जीवनमा समावेश गरेर मानिसहरूले शान्त, स्वस्थ र सन्तुलित जीवनयापन गर्न सक्छन् । बौद्ध धर्मको यो दृष्टिकोण केवल धार्मिक मात्र नभई वैज्ञानिक र व्यावहारिक रूपमा पनि अत्यन्त उपयोगी बन्दै गएको छ । यसर्थ, आधुनिक विज्ञान सजगताको प्रभाव पुष्टि गर्ने प्रमुख साधन बनेको छ, जबकि परम्परागत दर्शन यसको अन्तिम उद्देश्य स्पष्ट गर्ने आधार हो । सजगता हजारौँ वर्षदेखि विकसित भएको चेतनाको अनुशासन हो ।

आधुनिक विज्ञानले यसको उपयोगितालाई प्रमाणित गरेको छ, तर यसको पूर्ण अर्थ तब मात्र प्रकट हुन्छ जब यसलाई नैतिकता, विवेक र आत्मबोधसँग जोडेर बुझिन्छ । सजगता अभ्यासले तनाव कम गर्ने, ध्यान सुधार गर्ने, भावनात्मक नियमन गर्ने र समग्रमा मानसिक स्वास्थ्यलाई बलियो बनाउने क्षमता राख्छ । यसले मानिसको मस्तिष्कलाई लचिलो र अनुकूलनीय बनाउँदै, अझ राम्रो जीवन जिउनका लागि सशक्त बनाउँछ । त्यसैले, केही मिनेट मात्र भए पनि हरेक दिन ‘माइन्डफुलनेस’ अभ्यास गरेर हामी आफ्नो मस्तिष्कलाई अझ स्वस्थ र आफ्नो जीवनलाई अझ शान्त बनाउन सक्छौ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  २ : ३५ बजे

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का

बौद्ध सजगताः तनाव व्यवस्थापनको वैज्ञानिक उपाय

लुम्बिनी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को सन् २०२१ मा

हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने उद्देश्यले

असिनाको असर : ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको

तीन सय ३८ स्थानीय तहबाट भू–उपयोग वर्गीकरण सम्पन्न

काठमाडौँ । देशभर तीन सय ३८ स्थानीय तहले भू–उपयोग वर्गीकरण