२० आश्विन २०८३, मंगलबार | October 6, 2026

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका गोप्य तथा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा संस्थासम्म पुर्‍याउने जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो जिम्मेवारी र पदीय पहुँचको दुरुपयोग गरी संवेदनशील सूचना चुहाउने प्रवृत्ति लामो समयदेखि देखिँदै आएको बताएका हुन् ।

उनले यस्ता गतिविधिमा संलग्न कसैलाई पनि उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् ।

‘गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्ति मैले लामो समयदेखि नियालिरहेको छु,’ गुरुङले लेखेका छन् ।

उनका अनुसार राज्यको संवेदनशील सूचना कुनै व्यक्तिको निजी सम्पत्ति नभई सार्वजनिक जिम्मेवारी हो । पदीय जिम्मेवारीका कारण सूचनामा पहुँच प्राप्त भए पनि त्यसको दुरुपयोग गर्ने अधिकार कसैलाई नरहेको उनको भनाइ छ ।

‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन,’ उनले भनेका छन् ।

राज्य संयन्त्रबाट प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीसमेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन तथा भविष्यमा हुन सक्ने गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक बन्न सक्ने उनले उल्लेख गरेका छन् ।

गुरुङले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि कानुनी कारबाहीबाट उम्कन नसक्ने चेतावनी दिएका छन् ।

‘राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र संगठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानूनको कठघरामा ल्याइनेछ,’ उनले भनेका छन् ।

गोप्य सूचना चुहाएको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गरेको थियो । दाहालमाथि छानबिन गर्न सरकारले समिति समेत गठन गरेको छ ।

एआईजी दाहालको निलम्बनपछि गृहमन्त्री गुरुङको यस्तो धारणा सार्वजनिक भएको हो । गृह मन्त्रालयले संवेदनशील सूचना चुहाउने कार्यलाई गम्भीर रूपमा लिएको संकेत गर्दै उनले मन्त्रालय तथा मातहतका सुरक्षा निकायमा कार्यरत सबैलाई पदीय मर्यादा र गोपनीयताको जिम्मेवारी पालना गर्न सचेत गराएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  १० : ५४ बजे

मिनेन्द्र रिजालले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले उपसभापतिमा उम्मेदवारी

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौँ । सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ ९आईपीयू०

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ता सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमितिका लागि

गोप्य सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदीय हैसियतको दुरुपयोग गर्दै राज्यका