२४ आश्विन २०८३, शनिबार | October 10, 2026

कोरलानाकाबाट ५४३ टन फलफूल आयात, कन्टेनरभित्रै थन्किँदा कुहिने जोखिम



मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल आयात भएको छ ।

नेपाल–चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरलानाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो ।

क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो एघार दिनमा कोरलानाका हुँदै स्याउ ८७ दशमलव ३०० टन, आँप १६ दशमलव १०० टन र ड्रागन फ्रुट आठ दशमलव ३१६ टन चिनियाँ फलफूल नेपाल भित्रिएको हो ।

भारी वर्षा र हिमपातपछि असोज ११ गतेदेखि बेनी–जोमसोम–कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा कोरलानाकाबाट नेपाल भित्रिएका चिनियाँ फलफूलजन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाइ भइरहेको छ ।

आयात भएका चिनियाँ फलफूलजन्य मालवस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सड्ने र बिग्रने जोखिमसमेत बढेको छ ।

यसैबीच, मुस्ताङको जोमसोममा बिहीबार एक कन्टेनरमा ढुवानी गरिएको ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको थियो । करिब रु २४ लाख ५० हजार मूल्य बराबरको ड्रागन फ्रुट समयमै गन्तव्यमा पु¥याउन नसकेपछि मुस्ताङको जोमसोममा स्थानीयलाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुवास सुनुवारले जानकारी दिए ।

उनले कन्टेनरमा करिब आठ टन चिनियाँ ड्रागन फ्रुट रहेकोमा कुहिनुभन्दा स्थानीयलाई वितरण गरेको जानकारी दिए ।

योसँगै ड्रागनको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्व गरी अनुमानित रु ३० लाखको फलफूल क्षति भएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार  ११ : ३० बजे

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई