२६ आश्विन २०८३, सोमबार | October 12, 2026

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई प्रतिष्ठित विधामा सम्मानित भएको छ। नेपालको डिजिटल वित्तीय भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई यी पुरस्कार प्रदान गरिएको हो।

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोलुम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोलुम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको छ। आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबिएफटी) र फोनपे क्यूआर कारोबारमा ग्राहकहरूलाई सहज भुक्तानी सेवा उपलब्ध गराउँदै सबैभन्दा बढी कारोबार गर्न सफल भएकाले बैंकलाई यी दुई विधामा पुरस्कृत गरिएको जनाइएको छ।

ग्राहकलाई सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा उपलब्ध गराउँदै डिजिटल भुक्तानी प्रणालीलाई व्यापक बनाउन बैंकले खेलेको भूमिकाको कदरस्वरूप यो सम्मान प्रदान गरिएको बैंकले उल्लेख गरेको छ। ग्राहकहरूले बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै खाताबाट रकम स्थानान्तरण तथा क्यूआरमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ।

डिजिटल बैंकिङ प्रणालीप्रति ग्राहकहरूको बढ्दो आकर्षण र बैंकको ग्राहककेन्द्रित नवप्रवर्तनकारी सेवाकै कारण यो उपलब्धि सम्भव भएको बताइएको छ। बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी पूर्वाधार विस्तारलाई प्राथमिकता दिँदै नगदरहित ९क्यासलेस० कारोबारलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ५ : ३८ बजे

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

रूपन्देही उद्योग संघको ४८ औँ वार्षिक साधारणसभा, उद्योगीका समस्या समाधान गर्न तीनै तहका सरकारसँग आग्रह

बुटवल । रूपन्देहीका उद्योगीहरूले उद्योग व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका नीतिगत

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत