२६ आश्विन २०८३, सोमबार | October 12, 2026

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा




बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको चितुवालाई आज नियन्त्रणमा लिइएको छ । गत बिहीबार चितुवाको आक्रमणबाट स्थानीय ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन दुई वटा खोर (केज) राखेको थियो ।

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलकराज चापागाईंका अनुसार गए राति खोरमा फसेको चितुवाबारे आज बिहान जानकारी प्राप्त भएको थियो । सो लगतै चितुवाको उद्धार गरी करिब ९ बजे बर्दिया राष्ट्रिय निकुञ्ज, ठाकुरद्वारामा बुझाइएको उनले जानकारी दिए ।

गत बिहीबार मध्यराति राजापुर नगरपालिका(३ चख्खापुरस्थित सडकमा बसिरहेका बेला चितुवाले थारुमाथि आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएका थारुलाई स्थानीयले तत्काल उद्धार गरी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पताल लगिएकामा उपचारकै क्रममा शुक्रबार उनको मृत्यु भएको थियो ।

चितुवाको आक्रमणबाट थारुको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गरेको वरिष्ठ वन अधिकृत चापागाईंले बताए । “मानिसमाथि आक्रमण गरेपछि दुई वटा खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गर्दै आएका थियौँ ।” उनले भने । आज मात्रै नियान्त्रणमा लिन सफल भएको उनले बताए ।

चालु आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना भएको कार्यालयले जनाएको छ । पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ्दै गएको छ । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एक जनासहित ३८ वटा घरपालुवा जनावर मारिएका डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

गाउँबस्तीमा खसी, बाख्रा, बङ्गुर, गाई, भैँसी, कुकुरलगायत घरपालुवा जनावरमाथि चितुवा तथा बाघले आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालयले खोर राखेर तिनलाई नियन्त्रणमा लिने प्रयास गर्दै आएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ७ : ५४ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : भद्रकाली र एन.के. विजयी

खजुरा । बाँकेको खजुरामा जारी बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिताको

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ । टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही-लमही

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया । यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको