२९ आश्विन २०८३, बिहिबार | October 15, 2026

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना



काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

‎मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहनेछ।

‎महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा पहाडी भूभाग एक(दुई स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

‎लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

‎त्यस्तै, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।

‎वर्षाको सम्भावनालाई ध्यानमा राख्दै कृषि कार्यमा संलग्न तथा सम्बन्धित निकायलाई पछिल्लो मौसम सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन महाशाखाले अनुरोध गरिएको छ।

नेपालबाट मनसुन बाहिरिए पनि स्थानीय वायुका कारण हल्का वर्षा भने हुनेछ ।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  २ : ४७ बजे

टरिगाउँ र रारा विमानस्थल विस्तारका लागि अध्ययन अघि बढाउन निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको

नौ दिनमै क्यान बोर्ड सदस्यबाट गुञ्जन शाहलाई फिर्ता बोलाइयो

काठमाडौं । गुञ्जन शाहलाई नियुक्त भएको  नौ दिनमै नेपाल क्रिकेट

दुई महिनामै ४ खर्ब ३६ अर्ब रेमिट्यान्स भित्रियो, २३.९ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा

पश्चिम नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना

काठमाडौं। पश्चिम नेपालका विभिन्न भूभागमा आज र भोलि मेघगर्जन तथा

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन