जनकपुरधाम । मधेस प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट मन्त्री भएका चार जनाले राजीनामा दिएका छन् ।
एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री हुनुभएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिएका हुन् ।
चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाउनुुभएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए। मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनको सरकार छ ।
यता एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।


















प्रतिक्रिया