३० आश्विन २०८३, शुक्रबार | October 16, 2026

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई बिरामी भएको स्थानमा चाँडो पु¥याउन बाइक एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । हाललाई यो सेवा काठमाडौँ महानगरपालिकामा उपलब्ध छ ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ प्लाजाबाट सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई दुईपाङ्ग्रे एम्बुलेन्स हस्तान्तरण गरिन् ।

लामो सवारी जामका कारण बिरामीलाई तत्काल प्राथमिक उपचार गराउन चारपाङ्ग्रे एम्बुलेन्स समयमा पुग्न नसक्ने अवस्थामा बाइक एम्बुलेन्सको व्यवस्था गरिएको उनले बताइन् ।

बाइक एम्बुलेन्समा जाने इमर्जेन्सी मेडिकल टेक्निसियन (इएमटी) ले चारपाङ्ग्रे एम्बुलेन्स पुग्नुअघि बिरामीको प्राथमिक उपचार गर्ने र अवस्था थप बिग्रिन नदिने काम गर्नेछन् । त्यसपछि बिरामीलाई थप उपचारका लागि अस्पताल लगिनेछ ।

बाइक एम्बुलेन्स बिरामी बोक्ने सवारीसाधन नभई बिरामी भएको स्थानमा स्वास्थ्यकर्मीलाई छिटो पु¥याउने माध्यम हो । यो एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गर्नुपर्नेछ ।

कार्यक्रममा नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले आकस्मिक स्वास्थ्य सेवामा काठमाडौँ महानगरपालिकाको लगानीले नागरिकको जीवन बचाउन योगदान पु¥याइरहेको बताए ।

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  १० : ०० बजे

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) को थप एक हजार

काठमाडौँ महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा दुई अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुईवटा नयाँ अध्यादेश जारी गरेका छन्।

सवारी साधन चोरी गर्ने गिरोहका नाइके १० थान चोरीका मोटरसाइकलसहित पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले बाँके र त्यस आसपासका क्षेत्रमा सवारी