२ कार्तिक २०८३, सोमबार | October 19, 2026

‘दसैँ गाउँमा नै रमाइलो’



कर्णाली । बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइचो छ । हवाई होस् या स्थलमार्ग दुवैतिर यात्रुहरुलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याई नभ्याई छ यद्यपि टिकट पाउन पनि त्यत्तिकै सकस छ । पैसा भएपनि भने जस्तो सहज यात्रा भने ती यात्रुहरुले गर्न पाएका छैनन् ।

यात्रा निकै कष्टकर र महंगो पनि छ तर दशैंमा परिवार, आफन्त तथा ईष्टमित्रसँग भेट हुने आशाले उनीहरुलाई सहनुको विकल्प हुदैन । कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँमा पुग्नेहरुको यात्रा अँझ बढी जटिल र पट्यार लाग्दो बन्ने गर्छ तथापि घर पुग्ने र दसैँ मनाउने व्यग्र चाहानाले पीडादायी यात्राको प्रतिकूल अवस्थालाई उनीहरुले अनुकूल बनाउँदै लगेको पाइन्छ ।

अमेरिका, युरोप भन्दा कामका लागि खाडी मुलुक तथा कालापहाड (भारत)बाट दसैँमा घर फर्कने प्रदेशीहरु परिवारसँग हुने मिलनको आशाले खर्चिलो यात्रा र बाटोमा हुने दुःखलाई भुल्दै दिनहुँ यात्रामा हिडिरहेका छन् । वषौंसम्म भेट्न नपाएका परिवारका सदस्यहरु, भेट्नका लागि धेरै सपना बुनेका आफन्त तथा संगी संगिनीहरुका लागि दसैँ तथा तिहार वास्तवमै सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भाव अभिव्यक्त गर्ने संगम बनिदिएर होला, सहर छोडेर गाउँ हानिनेहरु खुसी मुद्रामा देखिन्छन् ।

भारत बैंगलोरबाट घर फर्केका तिला गाउँपालिका ४ जुम्लाका नमराज शाहीले सहरको कोलहालबाट गाउँ फर्कदाँ शान्तिभूमि पुगेको अनुभूति भएको बताए । दसैँ मनाउन आफु गाउँ पुगिसकेको बताउँदै उनले भने, “गाउँमा घरहरु छुट्टा छुट्टै छन् तर सोच, मन र मानवीय भावनाहरु अति नजिक छन् । बिडम्बना, सहरमा घरहरु जोडिएका भएपनि मानवीय भावना र आपसी सद्भावको खडेरी मात्र भेटिन्छ । मानव सम्बन्धमा दरार जस्तो देखिन्छ ।”

उनले दसैँको यो अवसरमा सहर भन्दा गाउँमा निकै रमाईलो सुरु भएको बताए । शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत, मासलगायतका अन्नबाली भित्र्याउने, भर्खरै भित्र्याएका अन्नबालीहरु न्वागीका रुपमा खाने, आफूसँग भएका उत्पादनहरुहरु छिमेकीहरुबीच आदानप्रदान गर्ने र पीङ खेल्दै र दुःख सुख बाँड्दै रमाईलो लिने काम भइरहेको छ ।

यात्राका हिसाबले कर्णाली राजमार्ग भएर दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु र सुर्खेत हुँदै भेरी करिडोर भएर सल्यान, रुकुमपश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुहरुलाई निकै पीडाका साथ घर पुग्नुपर्ने बाध्यता छ । यद्यपि काम तथा रोजगारीको सिलसिलामा घर छोडेर देश तथा विदेशका विभिन्न भागबाट बडादशैं मनाउन घर जानेको चटारो कायमै छ ।

सुर्खेत-दैलेख-कालीकोटदेखि कर्णाली करिडोर भएर बाजुरा हुँदै हुम्लाको यात्रा गरेका अदानचुली गाउँपालिका हुम्लाका मनरुप परियार दुई दिन लगाएर घर पुगेको बताए । परियारले भने, “दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिड्नु पनि पर्यो । आज बिहान मात्र घर पुगिएको छ । सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ । मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ ।”

नागरिकहरु दसैँ तथा दिपावली मनाउन मातृभूमि फर्के पछि सहरमा मानसिहरुको ओहोरदोहोर र चहलपहल घट्दै गएको छ । सहरको आधा जसो जनसंख्या गाउँ फर्केपछि रमझम पनि कम छ । विमानस्थल र बसपार्कमा गाउँ जानेकै मात्र भीड छ । ईश्वरपुर नगरपालिका ३ सर्लाहीदेखि जुम्ला जाँदै गरेकी यात्रु बिन्दुकमारी सिंहले यात्राको दुखाईलाई भन्दा आफ्नो मातृभूमि भेट्ने रहरले जितेको बताए । “रोजगारी र अवसरका हिसाबले घर छोडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो,” उनले भने, “सामाजिक अपराध, “चिच्याहट, अमानवीयता र सहयोग आदानप्रदानका दृष्टिले सहर भन्दा गाँउ नै सम्पन्न छन् । सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको अनुभास हुन्छ ।” यात्रु सिंहले यतिबेला सहर भन्दा गाउँ रहर, आशा, एकता, सद्भाव, मिलन र दसैँको बहारले उमंगित र रंगीन बन्दै गएको बताए ।

प्रकाशित मिति : २ कार्तिक २०८३, सोमबार  ७ : ३७ बजे

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३

दसैंले गाउँबस्तीमा बढायो रौनक

भोजपुर। बडादसैँले भोजपुरका गाउँबस्तीमा रौनक थपेको छ । रोजगारी, अध्ययन

शरद ऋतुमा बगैँचा सफा गर्दा के राख्ने, के हटाउने ?

न्युयोर्क । शरद ऋतुमा बगैँचा सफा गर्दा सबै बिरुवा काटेर

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला । जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

सवारी साधनको ठक्करबाट एकको मृत्यु, दुई जना घाइते

जनकपुरधाम । धनुषाको धनुषाधाम-सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५