२० बैशाख २०८३, आइतबार | May 3, 2026

दसैँले आपसी सहयोग, मेलमिलाप र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्नेछः सभामुख घिमिरे



काठमाडौँ । सभामुख देवराज घिमिरेले दसैँले समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले यस अवसरमा देशविदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन। “असत्यमाथि सत्यको विजय दसैँको सबैभन्दा ठूलो सन्देश हो । यसको सांस्कृतिक, धार्मिक र सामाजिक महत्व रहेको छ । दसैँले देवी दुर्गाप्रति आस्था अभिवृद्धिसँगै परिवार र समुदायबीचको सम्बन्धलाई बलियो बनाउन उत्तिकै भूमिका खेलेको छ । समाजमा आपसी सहयोग, मेलमिलाप, सद्भाव र समुदायबीच एकताको भावना जागृत गर्न मद्दत गरेको छ”, सभामुख घिमिरेले भनेका छन् ।

पछिल्लो समय नेपाली हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायले समेत दसैँ मनाइरहेको सन्दर्भमा दसैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको उल्लेख गर्दै उनले दसैँ नेपालीहरूको लोकचाडका रुपमा समेत स्थापित हुँदै गएको बताए ।

शुभकामना सन्देशमा भनिएको छ, “परिवारका सदस्य, नातागोता तथा आफन्तबीच आत्मीयता साटासाट गर्ने, ठूलाबडाबाट टीका र जमरा थापेर आशिष लिनेजस्ता दसैँका मौलिक विशेषता छन् । पछिल्लो समय हिन्दूले मात्र नभई अन्य धर्म–सम्प्रदायलेसमेत मनाइरहेका सन्दर्भमा दसैँ सबै नेपालीको साझा चाडका रूपमा विकास भएको छ ।”

सभामुख घिमिरेले दसैँको पूर्वसन्ध्यामा असोज दोस्रो साता मनसुनी प्रभावका कारण देशभर बाढी, पहिरोले जनजीवन अस्तव्यस्त बनाएको सन्दर्भमा सुरक्षित र सावधानीपूर्वक यात्रागरी दसैँ मनाउनुहुन अनुरोध गरेका छन्। “बाढी, पहिरोले यातायातलाई प्रभावित बनाएको छ भने ठूलो सङ्ख्यामा नेपाली नागरिकलाई घरबारविहीन बनाएको अवस्था छ । तसर्थ, सुरक्षित र सावधानीपूर्वक यात्रागरी दसैँ मनाऔँ । चाडबाडले धेरै परिवारका लागि आर्थिक चुनौती ल्याउनेतर्फ सचेत गराउँदै मितव्ययी र स्वस्थ खर्च प्रणाली अपनाउन आह्वान गर्दछु”, उनले उल्लेख गरे ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ८ : १८ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज