३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो



भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिने तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

महानवमीका दिन तलेजु भवानीले दर्शन दिने जनविश्वासका कारण मन्दिरमा भक्तजनको चाप बढेको हो ।

किंवदन्तीअनुसार, सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेलेका थिए । राजाले कुदृष्टि लगाएपछि भवानी त्यहाँबाट अलप भएको जनविश्वास छ । राजाले क्षमायाचना गरेपछि भवानीले वर्षमा एक पटक मात्र दर्शन दिने वचन दिनुभएको किंवदन्ती छ । यही जनविश्वासका कारण महानवमीका दिन तलेजु भवानीको दर्शन गर्न भक्तजन भक्तपुर पुग्ने गर्छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  २ : १९ बजे

विपद्का २४ घटनामा एकको मृत्यु, ११ जना घाइते

काठमाडौं । बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ । बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर । हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका

लागुऔषधसहित नौ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष