३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

‘एनपिएल’का सबै खेलमा ‘डिआरएस’ लागू हुने, खेल समय हेरफेर



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डिआरएस) प्रयोग गरिने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितामा उक्त प्रविधि लागू गर्ने जनाएको हो ।

क्यानका अनुसार एनपिएल २०२६ को सबै खेलमा ‘डिआरएस’ प्रविधिको प्रयोग गरिनेछ । ‘डिआरएस’को प्रयोगले खेल प्रतियोगिताका क्रममा मैदानमा खटिने ‘अम्पायर’बाट हुने निर्णयलाई चुनौती दिन टोलीलाई अवसर दिनेछ । ‘अम्पायर’को निर्णयप्रति असहमति जनाउने टोलीले मागदाबीसहित सम्बन्धित ‘फुटेज’ हेर्न सक्ने छ ।

यसैबीच, ‘डिआरएस’ को व्यवस्थासँगै खेल समय पनि परिवर्तन गरिएको क्यानले जनाएको छ । आज सार्वजनिक गरिएको संशोधित तालिकाअनुसार दैनिक दुई खेल हुने दिन पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ः०० बजे सुरु हुनेछ ।

एक खेल हुने दिन भने खेल साँझ ५ः०० बजे सुरु हुने क्यानले जनाएको छ । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

प्रकाशित मिति : ३ कार्तिक २०८३, मंगलबार  ८ : २३ बजे

ललितपुरमा हर्षोउल्लासका साथ मनाइयो पायः (खड्ग) जात्रा

ललितपुर । महानवमीको अवसरमा ललितपुरको पाटनमा परम्परागत ‘पायः जात्रा’ अर्थात्

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बससेवा

काठमाडौँ । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

मुक्तिनाथ मन्दिरमा दशैंको टीका

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथ

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट