१९ असार २०८३, शुक्रबार | July 3, 2026

कृषि विश्वविद्यालयको रजिष्ट्रारका लागि ११ जनाको आवेदन



चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको रिक्त रजिष्ट्रार पदमा ११ जनाको आवेदन परेको छ ।

विश्वविद्यालयले गत असोज २२ गते रजिष्ट्रार र दुई सङ्कायका डिनका लागि आवेदन खुलाएको थियो ।

विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीका अनुसार रजिष्ट्रारका लागि ११, कृषि सङ्कायको डिनका लागि सात र पशु विज्ञान, पशुचिकित्सा र मत्स्य विज्ञान सङ्कायका लागि आठ जनाको आवेदन परेको छ ।

रजिष्ट्रारका लागि प्राडा अरविन्द श्रीवास्तव, प्राडा कालिकाबहादुर अधिकारी, प्राडा केशव अधिकारी, प्राडा दिलीपकुमार झा, प्राडा पुष्करबहादुर पाल, प्राडा बलरामकुमार भट्ट, प्राडा भूमिनन्द देवकोटा, प्रा मुकेशकुमार सिंह, प्राडा मोहन शर्मा, प्राडा शारदा थपलिया र प्रा श्यामशङ्कर झाको आवेदन परेको उनले जानकारी दिए ।

कृषि सङ्कायका डिनका लागि प्राडा अर्जुनकुमार श्रेष्ठ, प्राडा अरविन्द श्रीवास्तव, प्राडा कल्याणी मिश्र त्रिपाठी, प्रा जयप्रकाश दत्त, प्रा विष्णुराज ओझा, डा शिवचन्द्र ढकाल र डा सन्तोष मरहट्ठाको आवेदन परेको छ । पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान सङ्कायकको डिन पदका लागि प्राडा पुष्करबहादुर पाल, प्राडा भूमिनन्द देवकोटा, डा मनोजकुमार शाह, प्रा मातृकाप्रसाद जमरकट्टेल, प्रा मुकेश कुमार सिंह, प्राडा सुनिला राई, डा सुवीर सिंह र प्राडा होमबहादुर बस्नेतको आवेदन परेको छ ।

उपकुलपति रेग्मीले रजिष्ट्रार छनोटका लागि समिति बनाउन लागिएको जानकारी दिए । समितिले पाँच दिनभित्र आवेदक मध्येबाट तीन जनालाई छनोट गर्ने छ । उनीहरु मध्येबाट एक जनालाई रिक्त रजिष्ट्रार पदमा नियुक्तिका लागि कुलपतिसमक्ष सिफारिस गर्ने उनले बताए ।

डिनको नियुक्ति भने कार्यकारी परिषद्बाट हुनेछ । सबै काम यथाशीघ्र सम्पन्न गरी आगामी मङ्सिर १५ भित्र विश्वविद्यालय सभा (सिनेट) बस्ने तयारी गरिएको उहाँले जानकारी दिए । सिनेटमा विश्वविद्यालयका सदस्यसचिव एवं रजिष्ट्रारले वार्षिक बजेट पेश गर्नुपर्ने हुन्छ ।

गत वर्षको भदौदेखि विश्वविद्यालयको उपकुलपति पद रिक्त रहेको थियो । सरकारले गत असोज ९ गते प्रा डा रेग्मीलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेको थियो । गत माघ १२ देखि रजिष्ट्रार र गत जेठ १ देखि दुई सङ्कायका डिन रिक्त छ ।

विश्वविद्यालयको सेवा आयोगको अध्यक्ष पनि रिक्त छ । गएको एक वर्षभन्दा बढी समय निमित्तको भरमा विश्वविद्यालय चल्दा विश्वविद्यालय अस्तव्यस्त अवस्थामा पुगेको छ ।

सरकारले २०६७ असारमा कृषिको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि वढाउन यस विश्वविद्यालय स्थापना गरेको हो ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १ : ०७ बजे

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०

प्रमुख निर्वाचन आयुक्तमा सर्वोच्चका रजिष्ट्रार कार्की सिफारिस

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्की

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र