४ कार्तिक २०८३, बुधबार | October 21, 2026

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो



काठमाडाैं। बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको दिन मान्यजनको हातबाट टीकासँगै जमरा लगाउने गरिन्छ। यसको धार्मिक, सांस्कृतिक मात्रै हाेइन, वैज्ञानिक महत्त्व र स्वास्थ्यगत फाइदाहरू पनि रहेका छन ।

जमरालाई माता दुर्गा भवानीको प्रसाद र उनको स्वरूपको रूपमा लिइन्छ। घटस्थापनाका दिन कलश स्थापना गरी राखिने जमरामा नवदुर्गाको शक्ति आवाहन गरिएको हुन्छ। हरिया जमरालाई जीवनमा हरियाली, सुख, शान्ति, समृद्धि र आरोग्यको प्रतीक मानिन्छ। दसैँ पर्व प्रकृति, कृषि र वनस्पतिसँग गहिरो रूपमा जोडिएको छ। नयाँ अन्न (यव वा जौ) लाई अङ्कुरित गरेर प्रसादको रूपमा ग्रहण गर्नु प्रकृतिको पूजा र कृतज्ञता प्रकट गर्नु हो।

जमराको सेवनले स्वास्थ्यमा हुने फाइदाहरू

जौको जमरालाई आयुर्वेदमा एक प्रकारको ‘सुपरफुड’ मानिन्छ। यसको रस वा सेवनले स्वास्थ्यलाई धेरै किसिमले फाइदा पुर्‍याउँछ ।

प्रचुर मात्रामा क्लोरोफिल: जमरामा क्लोरोफिल उच्च मात्रामा पाइन्छ, जसले रगत सफा गर्न र शरीरमा अक्सिजनको मात्रा बढाउन मद्दत गर्छ।

रोग प्रतिरोधात्मक क्षमता : यसमा पाइने भिटामिन (ए, सी, ई, के), एन्टिअक्सिडेन्ट र मिनरल्सले शरीरको इ्युन सिस्टमलाई बलियो बनाउँछ।

पाचन प्रणालीमा सुधार: जमराको रस वा यसको नियमित सेवनले पेटको ग्यास्ट्रिक, अपच र कब्जियत जस्ता समस्याहरूलाई कम गर्न सहयोग गर्छ।

डिटोक्सिफिकेसन: यसले शरीरमा जम्मा भएका विषालु पदार्थलाई बाहिर निकाल्न मद्दत गर्दछ।

मधुमेह र रक्तचाप नियन्त्रण: जमराको नियमित सेवनले रगतमा चिनीको मात्रा र उच्च रक्तचापलाई नियन्त्रणमा राख्न सघाउ पुर्‍याउँछ।

दसैँमा टीकासँगै लगाइने जमरा केवल धार्मिक आस्थाको विषय मात्र नभई यो शारीरिक स्वास्थ्यका लागि समेत अत्यन्त गुणकारी र लाभदायक मानिन्छ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ९ : ०८ बजे

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने

राष्ट्र र जनताको हितमा समर्पित हुने सद्बुद्धि प्राप्त होस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विपत्ति

सांस्कृतिक मूल्य र मान्यताको संरक्षण गर्नु साझा दायित्व : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विजयादशमीले असत्यमाथि सत्य

जमरा शिरमा लगाउने मात्रै होइन, आयुर्वेदले भन्छ- ‘सुपरफुड’ पनि हो

काठमाडाैं। बडादसैँको पवित्र अवसरमा घरघरमा जमरा राख्ने र विजया दशमीको

यातायात सहजतासँगै लाङटाङमा पर्यटक बढे

रसुवा । यातायात सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा