२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

पुर्वी नवलपरासीमा पीसीआर मेसिन आइपुग्यो, परीक्षण हुन अझै एक महिना लाग्ने



कावासाेती । पूर्वी नवलपरासीमा कोरोना संक्रमितहरुको पहिचान गर्नका लागि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पीसीआर मेसिन आइपुगेको छ ।

जिल्ला अस्पताल डण्डामा रहने गरी राखिने उक्त मेसिन शनिबार एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ ।

तथापि जिल्लामै पीसीआर परीक्षण हुन भने अझै एक महिना बढी लाग्ने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले पीसीआर मेसिन आइपुगे पनि उक्त मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षण लगायतले गर्दा पीसीआर मेसिन सञ्चालनका लागि कम्तिमा एक महिना लाग्ने बताए ।

संघीय  सांसद तिलक महतले जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई उपकरण हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद रोशन गाहा, विष्णु लामिछाने, जिल्ला समन्यव समिति नवलपुरका संयोजक चेसराम आले, जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई लगायतले बोलेका थिए ।

पीसीआर मेसिन सञ्चालनमा आएपछि नवलपुरमा संकलित स्वाब परीक्षणका लागि चितवन, हेटौडा, पोखरा लगायतका क्षेत्रमा पठाउनुपर्ने बाध्यता  हट्ने छ ।

नवलपुरमा शुक्रबारसम्मको तथ्यांक अनुसार संक्रमितको संख्या १२९९ पुगेको छ ।जसमध्ये १० जनाको निधन भएको छ भने ८५० जना निको भएका छन् ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  २ : ५६ बजे

प्रधानमन्त्री फेरि के बोल्ने हुन् भन्ने डर छ : भीष्मराज आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

प्रधानमन्त्रीको अभिव्यक्ति ‘क्रस बोर्डर अकुपेसन’ सँग सम्बन्धित रहेको परराष्ट्रमन्त्री प्रष्टोक्ति

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहले यही जेठ

एमसिए-नेपालद्वारा दुई नयाँ सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

नुवाकोट । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समितिले आज मिलेनियम

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ