५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

साउदी अरबको तेल क्षेत्रमा ड्रोन आक्रमण हुँदा एक नेपालीसहित दुईको मृत्यु



काठमाडौं । साउदी अरबको तेल क्षेत्रमा ड्रोनलाई हवाई रक्षा प्रणालीले निष्क्रिय पारेपछि खसेको भग्नावशेष लागेर एक नेपालीसहित दुई विदेशी कामदारको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

साउदी अरबको ऊर्जा मन्त्रालयका अनुसार बुधबार बिहान दक्षिणपूर्वी क्षेत्रमा रहेको सरकारी तेल कम्पनी साउदी अराम्कोको सञ्चालनमा रहेको शैबह (सायबाह) तेल क्षेत्रमा उक्त घटना भएको हो।

मन्त्रालयले दिएको जानकारीअनुसार तेल क्षेत्रलाई लक्षित गरी आएको ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै निष्क्रिय पारेको थियो। त्यस क्रममा खसेको भग्नावशेषले तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको सवारीसाधनमा आगलागी भएको थियो।

घटनामा ज्यान गुमाउनेमा नेपाली र फिलिपिन्सका नागरिक रहेका छन्। घाइते हुनेमा पाकिस्तानी र भारतीय नागरिक रहेको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ। मृतक नेपालीसहित चारै जनाको विस्तृत पहिचान भने सार्वजनिक गरिएको छैन।

घटनापछि सम्बन्धित सुरक्षा तथा उद्धार निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

इरानसमर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका विमानस्थल तथा तेलसम्बन्धी पूर्वाधारलाई लक्षित गरी आक्रमण गर्दै आएका छन्। तेल क्षेत्रलाई लक्षित गरी गरिएको ड्रोन आक्रमण र त्यसका कारण भएको मानवीय क्षतिले साउदी अरबमा कार्यरत विदेशी कामदारको सुरक्षाबारे पनि चिन्ता बढाएको छ।

घटनामा नेपाली नागरिकको मृत्यु भएपछि उनको पहिचान, परिवार र शव स्वदेश ल्याउने प्रक्रियाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ८ : १९ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको