२ पुस २०८२, बुधबार | December 17, 2025

अदालतको आदेशपछि भारतको बाँके बिहारी मन्दिर खुल्ला



नयाँ दिल्ली । भारतको मथुरामा रहेको चर्चित बाँके बिहारी मन्दिर अदालतको आदेशपछि शनिबारदेखि खुल्ला भएको छ ।

कोरोनाभाइरसको महामारी फैलिएपछि महिनौदेखि बन्द भएको मन्दिर नवरात्रीको पहिलो दिन पारेर शनिबारदेखि खुल्ला गरिएको हो ।

विश्व विख्यात यस मन्दिर गत सात महिना अगाडिदेखि बन्द रहेको थियो । तर अहिले अदालतको मापदण्ड कडाईका सथा पालना गरेर खुल्ला गर्न निर्देशन दिएपछि खुल्ला गरिएको मन्दिरका पदाधिकारीहरुले जानकारी दिएका छन् ।

दर्शालुहरुलाई बिहान ८:३० देखि मध्यान्ह १२ बजेसम्म र बेलुका ५:३० देखि ९:३० सम्म मात्रै प्रवेश गर्न दिइने भएको छ ।

दर्शालुहरुलाई सामाजिक दुरी कायम गर्ने, सेनिटाइजारको प्रयोग गर्ने, मास्कलगाउने लगायतका नियम पूर्ण रुपमा पालना गर्नुपर्ने व्यवस्था गरिएको छ ।

हिन्दुहरुको अत्यन्त आस्था रहेको यस मन्दिरमा बर्षेनी लाखौ हिन्दु धर्माबलम्बीहरुले दर्शन गर्दै आएकोमा अहिले कोरोना भाइरसको महामारीका कारण सुस्ताएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ६ : २२ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन