११ कार्तिक २०८३, बुधबार | October 28, 2026

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ



सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते भएका ६२ वर्षीय मानबहादुर राजीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४० वर्षीय टेकबहादुर विकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार बिहान टेकबहादुर विकले अजय परियारको घरको आँगनमा राजीलाई दाउराको चिर्पटले टाउको र बायाँ खुट्टामा प्रहार गरेका थिए।

चिर्पट प्रहारबाट घाइते भएका राजीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। त्यहाँ उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि सोही दिन दिउँसो २ बजे कोहलपुर मेडिकल कलेज लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरीक्षक श्यामप्रकाश यादवले जानकारी दिए।

यादवका अनुसार मृतक राजीको शव पोस्टमार्टमका लागि मेहेलकुना अस्पताल, सुर्खेतको शवगृहमा राखिएको छ।

घटनालगत्तै खटिएको स्थानीय प्रहरी टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा विकलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखेको छ। घटनाको कारण खुल्न नसकेको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  ११ : ४३ बजे

मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका –०३, तिनकुनेमा मोटरसाइकलको ठक्करबाट एकजना

प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले उपरथी दर्जामा

सुर्खेतमा चिर्पट प्रहारबाट ६२ वर्षीय मानबहादुर राजीको मृत्यु, एक जना पक्राउ

सुर्खेत । सुर्खेतको गुर्भाकोट नगरपालिका–८ सुन्दरनगरमा दाउराको चिर्पट प्रहारबाट घाइते

सुनको मूल्य तोलामा ९ सय र चाँदीको १० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

अबदेखि नागरिकताको प्रतिलिपि जुनसुकै जिल्लाबाट पनि बनाउन सकिने

काठमाडौं । अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने भएको छ